मौद्रिक नीति : घरजग्गा धितो राखेर लिने कर्जामा कडाइ « Khabarhub

मौद्रिक नीति : घरजग्गा धितो राखेर लिने कर्जामा कडाइ


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमार्फत घरजग्गा कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीति मार्फत घरजग्गाको कर्जालाई कडाइ गरेको हो ।

अब घरजग्गा धितो राखेर ऋण लिनेले काठमाडौँ उपत्यकामा मूल्यको बढीमा ३० प्रतिशत र काठमाडौँ उपत्यकाबाहिर ४० प्रतिशतसम्म मात्रै ऋण पाउने छन् ।

यसअघि उपत्यकामा ४० प्रतिशत र उपत्यकाबाहिर ५० प्रतिशतसम्म ऋण पाउने व्यवस्था थियो । भ्यालूएटरले चलनचल्ती र सरकारी मूल्यांकनलाई आधार बनाएर निकाल्ने कुल मूल्यबाट सो बराबरको ऋण पाइनेछ ।

मौद्रिक नीतिको ९६ नम्बर बुँदामा भनिएको छ ‘बैंक तथा वित्तीय संस्थाले घर/जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कजा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालू बीचको अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ३० र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिनेछ ।’

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ७ : २५ बजे

इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी

‘दाहाल यज्ञनिधि पुरस्कार’ साहित्यकार अधिकारी र निर्देशक सुब्बालाई प्रदान

काठमाडौँ – साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर