बिरामीको खाना खर्च बापतको रकम उपलब्ध नहुँदा समस्या « Khabarhub

बिरामीको खाना खर्च बापतको रकम उपलब्ध नहुँदा समस्या


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको बेँसीसहर नगरपालिकामा रहेको लमजुङ जिल्ला अस्पतालमा बिरामीको खाना खर्च बापतको रकम उपलब्ध नहुँदा समस्या भएको छ । तीन वर्ष अघिदेखि जिल्ला अस्पतालमा शुरु भएको बिरामीलाई निशुल्क खाना बापत आर्थिक वर्ष ०७८/७९ को १५ लाख रुपैयाँ नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।  

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत पाउनुपर्ने बिरामी खाना खर्च नपाउँदा गत श्रावण देखि उधारो खाना खुवाउँदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा भर्ना भएका बिरामीका लागि नियमित रुपमा खाना खुवाउँदै आएपनि चालु आर्थिक वर्ष शुरु भएदेखि हालसम्म कुनै रकम नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । 

अस्पतालका अनुसार गत श्रावण महिना देखि जेष्ठको तेश्रो सातासम्म अस्पतालमा भर्ना भएका चारहजार तीनसय ५१ जना बिरामीहरूका लागि अस्पतालले खाना खुवाएको छ । सो अवधीमा खानाको मात्रै १४ लाख ९० हजार सातसय ६८ रुपैयाँ पुगेको र हालसम्म रकम प्राप्त नहुँदा तिर्न नसकेको अस्पतालले जनाएको छ ।  प्रदेश सरकारसँग निरन्तर ताकेता गर्दा पनि रकम निकासा नभएको अस्पतालले जनाएको छ । बिरामी खाना खर्च बापतको रकम उपलब्ध गराउन माग गर्दै तीन पटक सम्म पत्राचार गरिएको अस्पताल प्रमुख श्रेष्ठले बताए ।

जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई निशुल्क खाना खुवाउने कार्यक्रम प्रदेश सरकारको भएको र प्रदेश सरकारले सोही अनुसार बजेट व्यवस्थापन गरेपनि रकम निकासा नभएको हो । रकम निकासा नहुँदा खाना उपलब्ध गराउँदै आएका व्यक्ति निकै समस्यामा परेको अस्पताल प्रशासनले जनाएको छ । एउटै व्यक्ति करिव वर्षदिनसम्म लाखौँ रुपैयाँ उधारो कारोबार गर्दा व्यवसायिक समस्या भएको हो ।
जिल्ला अस्पताल लमजुङमा तत्कालीन सामुदायिक अस्पताल हुँदाको अवस्थामा तीन वर्ष अघिबाट भर्ना भएका बिरामीका लागि निशुल्क खानाको व्यवस्था हुँदै आएको हो । बिरामीको निशुल्क खानाको लागि शुरुको वर्षमा अस्पताल रहेको स्थानीय तह बेँसीसहर नगरपालिकाले केही रकम उपलब्ध गराएको थियो । जिल्ला अस्पताल प्रदेश मातहतमा गएसँगै दायित्व पनि प्रदेश सरकारले नै लिएको हो । 

अस्पताल प्रदेश सरकार मातहत आउनु अघि नेपाल सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भएका बिरामीहरूलाई नियमित दुईछाक खाना खुवाउन शुरु गरेको हो । अस्पतालले बिरामीको आवश्यकता र चिकित्सकको सल्लाह अनुसार बिहान र बेलुका निशुल्क खाना उपलब्ध गराउँदै आएको थियो । 

बिरामीहरूलाई सामान्यतया दाल भात, अण्डा वा जाउलो व्यवस्था गर्दै आएको छ । अस्पताल भित्रै सञ्चालन गरिएको क्यान्टीनबाट सो सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालले बिरामीलाई खानाको व्यवस्था गरेपछि आफन्तहरूलाई बाहिर होटल खोज्नुपर्ने खाना ओसार्नुपर्ने जस्ता झन्झट हटेको छ । 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ८ : ०० बजे

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता, एक घाइते

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

आर्सनलको नजर नयाँ खेलाडीमा: ७५ मिलियन पाउन्डमा गुइमारेस अनुबन्ध

लन्डन – रियाल मड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने

इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण