बिरामीलाई खुवाइने खाना खर्चको १५ लाख रुपैयाँ लमजुङ अस्पतालले पाएन « Khabarhub

बिरामीलाई खुवाइने खाना खर्चको १५ लाख रुपैयाँ लमजुङ अस्पतालले पाएन


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लमजुङको बेसीशहर नगरपालिकामा रहेको जिल्ला अस्पतालमा बिरामीको खाना खर्च बापतको रकम उपलब्ध नहुँदा समस्या भएको छ । तीन वर्ष अघिदेखि जिल्ला अस्पतालमा शुरु भएको बिरामीलाई निशुल्क खाना बापत आर्थिक वर्ष ०७८/७९ को १५ लाख रुपैयाँ नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत पाउनुपर्ने बिरामी खाना खर्च नपाउदा गत श्रावणदेखि उधारो खाना खुवाउदै आएको अस्पतालले जनाएको छ ।

अस्पतालमा भर्ना भएका बिरामीका लागि नियमित रुपमा खाना खुवाउदै आएपनि चालु आर्थिक वर्ष शुरु भएदेखि हालसम्म कुनै रकम नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

अस्पतालका अनुसार गत श्रावण महिना देखि जेष्ठको तेश्रो सातासम्म अस्पतालमा भर्ना भएका चार हजार तीनसय ५१ जना बिरामीहरुका लागि अस्पतालले खाना खुवाएको छ ।

सो अवधीमा खानाको मात्रै १४ लाख ९० हजार सातसय ६८ रुपैया पुगेको र हालसम्म रकम प्राप्त नहुँदा तिर्न नसकेको अस्पतालले जनाएको छ ।

प्रदेश सरकारसँग निरन्तर ताकेता गर्दा पनि रकम निकासा नभएको अस्पतालले जनाएको छ । बिरामी खाना खर्च बापतको रकम उपलब्ध गराउन माग गर्दै तीन पटक सम्म पत्राचार गरिएको अस्पताल प्रमुख श्रेष्ठले बताए ।

जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई निशुल्क खाना खुवाउने कार्यक्रम प्रदेश सरकारको भएको र प्रदेश सरकारले सोहि अनुसार बजेट व्यवस्थापन गरेपनि रकम निकासा नभएको हो ।

रकम निकासा नहुँदा खाना उपलब्ध गराउदै आएका व्यक्ती निकै समस्यामा परेको अस्पताल प्रशासनले जनाएको छ । करिब बर्षदिनसम्म लाखौँ रुपैया उधारो कारोबार गर्दा व्यसायिक समस्या भएको हो ।

जिल्ला अस्पताल लमजुङमा तत्कालिन सामुदायिक अस्पताल हुदाको अवस्थामा तीन वर्ष अघिबाट भर्ना भएका बिरामीका लागि निशुल्क खानाको व्यवस्था हुँदै आएको हो ।

बिरामीको निशुल्क खानाको लागि शुरुको वर्षमा अस्पताल रहेको स्थानिय तह बेसीशहर नगरपालिकाले केहि रकम उपलब्ध गराएको थियो । जिल्ला अस्पताल प्रदेश मातहतमा गएसँगै दायित्व पनि प्रदेश सरकारले नै लिएको हो ।

अस्पताल प्रदेश सरकार मातहत आउनु अघि नेपाल सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भएका बिरामीहरुलाई नियमित दुईछाक खाना खुवाउन शुरु गरेको हो ।

अस्पतालले विरामीको अवश्यकता र चिकित्सकको सल्लाह अनुसार बिहान र बेलुका निशुल्क खाना उपलब्ध गराउँदै आएको थियो ।

बिरामीहरुलाई सामन्यतय दाल भात, अण्डा वा जाउलो व्यवस्था गर्दै आएको छ । अस्पताल भित्रै सञ्चालन गरिएको क्यान्टिनबाट सो सेवा उपलब्ध हुँदै आएको छ ।

अस्पतालले बिरामीलाई खानाको व्यवस्था गरेपछि आफन्तहरुलाई बाहिर होटल खोज्नुपर्ने खाना ओसार्नुपर्ने जस्ता झन्झट हटेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ८ : ४६ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति