अनेरास्ववियुको विधान महाधिवेशन असोजमा « Khabarhub

अनेरास्ववियुको विधान महाधिवेशन असोजमा


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को ‘तेस्रो नीति तथा विधान महाधिवेशन तथा राष्ट्रिय भेला’ असोजमा हुने भएको छ ।

अनेरास्ववियुको पदाधिकारी बैठकले आगामी असोज १ देखि ३ गतेसम्म सङ्गठनको विधानबारे छलफल गर्नका लागि महाधिवेशन बोलाएको अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।

यस्तै बैठकले जिल्ला र सो मातहतका कमिटीको अधिवेशन साउन महिनाभित्र सक्न निर्देशन दिएको छ ।

अध्यक्ष बरालका अनुसार विधान महाधिवेशनमा सङ्गठन संरचना, नीतिगत तथा शैक्षिक आन्दोलनका विषयमाथि छलफल हुनेछ । उनले विधान महाधिवेशनपछि राष्ट्रिय महाविधेशन गर्ने बताइन् ।

यसैगरी भदौ १५ गतेभित्र प्रदेशस्तरीय शिक्षण तथा भेला र विश्वविद्यालय राष्ट्रिय कमिटीका सम्मेलन भेला गर्ने निर्णय गरिएको छ ।

बैठकले विश्वविद्यालयमा नियमितरूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन केन्द्रीय कमिटी र क्याम्पस तहका स्ववियु निर्वाचनको आवश्यकता सन्दर्भमा रचनात्मक दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष बरालले जानकारी दिइन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ८ : ५३ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र