नवनियुक्त भारतीय राष्ट्रपति मुर्मूको ट्विटर खाता छैन: दूतावास « Khabarhub

नवनियुक्त भारतीय राष्ट्रपति मुर्मूको ट्विटर खाता छैन: दूतावास


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंस्थित भारतीय राजदूतावासले भारतकी नवनियुक्त राष्ट्रपति द्रौपदी मुर्मूको कुनै ट्विटर खाता नभएको जनाएको छ ।

भारतमा पहिलोपटक आदिवासी समूदायबाट राष्ट्रपति निर्वाचित भएपछि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत मुर्मूलाई बधाई दिएका थिए ।

दौपद्री मुर्मू नामको फेक खाता बनाएर सो खाताबाट देउवाको ट्वीटलाई कोट गरी धन्यवाद व्यक्त गरिएको थियो । दूतावासले सो ट्वीटर खाता आधिकारिक नभएको स्पष्ट पारेको हो ।

भारतमा राष्ट्रपति पदका लागि गत सोमवार मतदान भएको थियो । अन्तिम मत परिणामअनुसार मुर्मूले विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई व्यापक मतान्तरले पराजित गरेकी हुन् । मुर्मूले ६४.०३ मत प्राप्त गरिन् भने सिन्हाले ३५.९७ प्रतिशत मत प्राप्त गरे ।

उनलाई विपक्षी दलका मतदाताहरूले समेत भोट हालेको पाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ५ : ५० बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले