नेपालका लागि घातक छ बीआरआई परियोजना « Khabarhub

नेपालका लागि घातक छ बीआरआई परियोजना

चीनको फाइदाका लागि नेपालले बीआरआईमा लगानी किन गर्ने ?



श्रीलङ्कामा एउटा परिवारको सत्तामा हैकम थियो । त्यहाँ परिवार र जातीय शक्तिले लामो समय सत्ताको नेतृत्व गर्‍यो । अहिले श्रीलङ्काको अवस्था निकै जटिलका साथ गुज्रिरहेको छ र यो देश आर्थिक मन्दीले ग्रस्त छ ।

नेपालमा ठ्याक्कै त्यस्तै अवस्था नभए पनि लगभग उस्तै लाग्ने वातावरण भने छ । यहाँ सत्ता त परिवर्तन हुन्छ तर, एउटा सत्तामा भएका बेला गरिएका निर्णय अर्को सरकारको पालामा परिवर्तन हुन्छ । यतिसम्म कि, नेपालमा सरकार परिवर्तन हुँदा पनि विदेश नीति परिवर्तन हुन्छ ।

परिवारपिच्छे, पार्टीपिच्छे विदेश नीति पनि फेरिन्छ । नेपालको विदेश नीति एउटै खालको देखिँदैन । चीनले आफ्नो विदेश नीति कस्तो हुने भन्ने विश्वसामु स्पष्ट पारिसकेको छ । यस्तै भारत पनि आफ्नो विदेश नीतिका बारेमा स्पष्ट छ । तर, नेपालको विदेश नीति के हो भन्नेमा नेपाल सरकार नै अनभिज्ञ छ ।

परिवारपिच्छे, पार्टीपिच्छे विदेश नीतिमा फरक परेको देश अहिलेसम्म छ भने यो आफैमा आश्चर्यको कुरा हो । अमेरिकाले पनि इन्डोप्यासिफिक रणनीति अन्तर्गत आफ्नो विदेश नीति स्पष्ट पारिसकेको छ । यस्तै जी सेभेनले पनि आफ्नो धारणा स्पष्ट पारिसकेको छ ।दुनियाँसामु राख्ने हाम्रो अवधारणा के हो त ? यसबारे परराष्ट्र मन्त्रालय नै अस्पष्ट हुनु ठूलो समस्या हो ।

चीनले आफ्नो सामान विश्व बजारमा बेच्न अहिले बाटोमा लगानी गरेको छ । त्यो बाटो नेपाल हुँदै लैजाने उसको योजना हो । तर, चीनले आफ्नो आवश्यकता अनुसारको बाटो हाम्रो देशबाट लैजाने तर ऋण नेपाललाई बोकाउन खोजेको देखिएको छ । यसले नेपाललाई भन्दा चीनलाई नै बढी फाइदा हुन्छ ।

नेपालले रुस र युक्रेनबी युद्ध सुरु हुँदा (जुन अहिले पनि जारी छ)  युक्रेनको समर्थनमा आफ्नो अभिव्यक्ति दियो । चारवटा कम्युनिस्ट पार्टीको पिलरमा बनेको शेरबहादुर देउवाको युक्रेनको समर्थन गरेको देख्दा म आफैलाई आश्चर्य लागेको थियो । तर, यो नेपालको बहादुरी काम हो ।

त्यतिबेला मैले बीपी कोइरालालाई स्मरण गरेको थिएँ । जतिखेर इजरायल अस्तित्वमा आएको थियो, त्यतिबेला बीपीले हिम्मत गरेर इजरायलसँग दैत्य सम्बन्ध स्थापना गरेका थिए । यो तत्कालीन सरकारको महत्तवपूर्ण काम थियो ।

तर, चीनले अगाडि सारेको बीआरआईका सम्बन्धमा पहिलेको सरकार अत्यन्तै खुशी र अहिलेको सरकारले त्यसबारेमा सुन्नै नसक्ने अवस्था सिर्जना भएको देखिएको छ । यसले विदेशी शक्तिलाई के पर्छ भने नेपालमा आफू अनुकूलको सरकार बनाउँदा हामीलाई प्रत्यक्ष फाइदा पुग्छ भन्ने हुन्छ । विदेशी शक्तिले जसलाई अगाडि सार्दा फाइदा देख्छ, उसैलाई सत्तामा ल्याउँछ र आफू अनुकूलको काम गराउँछ ।

सन् २०१३ मा निर्वाचित भएपछि चीनका राष्ट्रपति सी जिङपिङले पदभार ग्रहण गरिसकेपछि पहिलो भ्रमण रेगिस्तानमा गरे ।  मध्य एसिया र मध्य एसियाको बिग्रेको सडक देखेर त्यसलाई सुधार गरी आफ्नो देशमा उत्पादित वस्तु कसरी दुनियाँभर पुर्‍याउने र पैसा आर्जन गर्ने भन्ने हेतुले आफ्नो महत्त्वाकांक्षा प्रोजेक्ट अगाडि सारेको थियो ।

बीआरआईको एउटा मात्र उद्देश्य भनेको समुद्र र जमीन जोडेर विश्वभर आफ्नो व्यापार विस्तार गर्नु हो । समुद्रबाट जोड्नका लागि उसले ग्वाजपोर्ट बनायो भने मालेको क्याप्टेनलप मलेसियामा अरु पोर्टहरु बनायो ।

त्यसमा पनि चीनले झण्डै एसिया, मध्य एसिया हुँदै युरोप र अफ्रिकासम्म जानका लागि पहिले वानबेल्ट रोडको कन्सेप्ट ल्यायो । पछि त्यसैलाई बीआरआई भनेको हो । बीआरआईको एउटा मात्र उद्देश्य भनेको समुद्र र जमीन जोडेर विश्वभर आफ्नो व्यापार विस्तार गर्नु हो । समुद्रबाट जोड्नका लागि उसले ग्वाजपोर्ट बनायो भने मालेको क्याप्टेनलप मलेसियामा अरु पोर्टहरु बनायो ।

बंगलादेश लगायत संसारका थुप्रै देशमा उसले बन्दरगाह निर्माण गर्‍यो । त्यसपछि विश्वलाई नै शक्तिका रुपमा ल्याउने गरी चीनले बीआरआई अगाडि सारेको हो । चीनले एआईआईबी बैंकलाई विश्व बैंकको विकल्पका रुपमा अगाडि सारेको  छ । यो हाम्रा लागि कति लाभदायक हुन्छ भन्ने अर्को पाटो रहन्छ ।

चीनले आफ्नो सामान विश्व बजारमा बेच्न अहिले बाटोमा लगानी गरेको छ । त्यो बाटो नेपाल हुँदै लैजाने उसको योजना हो । तर, चीनले आफ्नो आवश्यकता अनुसारको बाटो हाम्रो देशबाट लैजाने तर ऋण नेपाललाई बोकाउन खोजेको देखिएको छ । यसले नेपाललाई भन्दा चीनलाई नै बढी फाइदा हुन्छ ।

नेपालमा आयोजनाहरु बनाउने तर न नेपालका इन्जिनियरहरु बनाउने न तर ठेकेदार नेपाली हुने अवस्था सिर्जना हुँदैछ । आयोजना हुँदा चाहिने सबै सामग्री पनि चीनले नै ल्याउनुपर्ने भनेको नेपालको लगानी विदेश जानु हो । यसले फाइदा पूर्ण रुपमा चीनलाई नै हुन्छ । व्यापार पनि उसैको हुन्छ । नेपालले पाउने भनेको आर्थिक ऋणभार मात्र बोक्ने अवस्था आउँछ । यस्तो अवस्थामा पनि नेपालका शीर्ष नेताहरुले जनतासँग तथा विज्ञसँग छलफल नै नगरी यो सम्झौतामा सन् २०१७ मा प्रचण्डले हस्ताक्षर गरिसकेका छन् । उनले त्यतिखेर गरेको सम्झौताको नेपाली जनताले अझैसम्म उत्तर पाएका छैनन् ।

अहिलेसम्म चाहिँ  आठ देश  झण्डै डेन्जर जोनमा गइसकेका छन् । नेपालका लागि पनि बीआरआई कुनै हालतमा हितकर छैन । बीआरआईको वास्तविक डकुमेन्ट हामीले माग गर्नुपर्छ र त्यसलाई आम जनतामाझ ल्याएर यसबारेमा व्यापक छलफल गर्नुपर्छ ।

हालसम्म चीनका प्रोजेक्ट लिएका आठ देश डेन्जर जोनमा गइसके । चिनियाँ प्रोजेक्टमा हात हालेका अरु देशको पनि अवस्था त्यस्तै छ । हाम्रो देशमा पनि भविष्यमा विकराल समस्या पार्न सक्छ ।

अहिलेसम्म चाहिँ  आठ देश  झण्डै डेन्जर जोनमा गइसकेका छन् । नेपालका लागि पनि बीआरआई कुनै हालतमा हितकर छैन । बीआरआईको वास्तविक डकुमेन्ट हामीले माग गर्नुपर्छ र त्यसलाई आम जनतामाझ ल्याएर यसबारेमा व्यापक छलफल गर्नुपर्छ । त्यसपछि मात्र नेपाल सरकारलाई यसलाई अगाडि बढाउने या नबढाउने भन्ने निर्णय गर्नुपर्छ।

प्रस्तुतिः समिता श्रेष्ठ

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ९ : ४२ बजे

टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान तीन विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई तीन

इस्लामाबादको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

एजेन्सी– इस्लामावादको एक शिया मस्जिदमा इस्लामिक स्टेट समूह (आईएस) ले दावी

निर्वाचन चहलपहलसँगै आर्थिक गतिविधिमा बढोत्तरी

महोत्तरी– महोत्तरीमा निर्वाचनको चहलपहल बडढेसँगै आर्थिक गतिविधिमा पनि बढोत्तरी हुन

ओबामाको अनुहार भएका बाँदरको भिडियो हालेपछि ट्रम्प आलोचित; गरे निन्दा, मागेनन् माफी

काठमाडौं- पूर्वराष्ट्रपति दम्पत्ति बाराक र मिशेल ओबामालाई बाँदरको स्वरुप दिएको

बलात्कार आरोपमा पूर्वप्रहरी ठगुन्ना भारतको बैंग्लोरबाट पक्राउ

काठमाडौं– बलात्कार आरोप लागेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्नालाई प्रहरीले भारतको बैंग्लोरबाट