विषादीयुक्त तरकारीले क्यान्सर र मिर्गौला फेल हुनसक्छ | Khabarhub Khabarhub

विषादीयुक्त तरकारीले क्यान्सर र मिर्गौला फेल हुनसक्छ

‘उपभोक्ताले हेर्दा राम्रो होइन, गुणस्तरीय छान्न सक्नुपर्छ’



काठमाडौं – नेपालमा बालीनाली र घरमा फैलिने हानिकारक कीरा मार्न बिषादीको प्रयोग बढेको छ । हरेक वर्ष ६ देखि ७ अर्बसम्मको विषादी वैधानिक तबरबाट आयात गरिन्छ । खुला सिमाना छ, अवैधानिक तरिकाबाट कति विषादी आउँछ कुनै लेखाजोखा छैन । ती विषादी गाउँ र सहरमा जथाभावी किनबेच हुने गरेको पाइन्छ । किनबेचको कुनै रेकर्ड अनुगमन हुँदैन । सरकारले अहिले कानुन त बनाएको छ । तर, कुनै व्यापारी, पसले र जथाभावी प्रयोग गर्नेलाई कारबाही गरियो भनेको सुनिएको छैन । त्यही भएर उपभोक्ता डरै नमानी आफू खुसी विषादी खरिद गरेर मनलाग्दी तरिकाले हचुवा शैलीमा प्रयोग गरेका छन् । जसले जनस्वास्थ्यमा ठुलो असर पारेको छ । हामीले दैनिक प्रयोग गर्ने तरकारी र फलफूलमा रसायनिक विषादीको प्रयोग दैनिक बढ्दो छ । नेपालमा कृषि व्यवसायीकरणसँगै बढ्दै गएको विषादीको प्रयोग र किनबेचले मानिसको स्वास्थ्यमा नकारात्मक असर पारेको चिकित्सकले बताएका छन् । यसै विषयमा आधारित रहेर जनस्वास्थ्यविद् शरद वन्तसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय कृषि बालीमा प्रयोग हुने विषादीको प्रयोग जनस्वास्थ्यका हिसाबले ठूलो समस्या बनेको हो ?
कृषिमा प्रयोग हुने रासायनिक विषादीको प्रयोग स्वास्थ्यका लागि हानिकारक हुन्छ । हामीले अहिलेसम्म यो सम्बन्धी रेकर्ड पाएका छैनौं । यसले कति असर गरेको छ भनेर । तर, पनि यो विषादीले स्वास्थ्यमा नकारात्मक असर नै पार्दछ ।

जनस्वास्थ्यलाई प्रयोग गर्ने विषादीको प्रयोग नेपालमा किन बढेको छ होला ?
विषादीको प्रयोग खास गरेर कृषिमा आधारित हुन्छ । कृषिमा हाम्रो अर्गानिक मलको सट्टा रसायनिक मलको प्रयोग गर्छौ । त्यसले माटोको प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसमा उम्रिने विरुवाहरूको पनि प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसमा कीटाणुले आक्रमण गर्छ । त्यसका लागि कीटनाशक औषधिको बढी प्रयोग गरिन्छ ।

यो विषादीको प्रयोगले जनस्वास्थ्यलाई तत्कालीन र दीर्घकालीन रूपमा कस्तो असर गर्दछ ?
तत्काल यसले पार्ने असर शरीरमा सामान्य एलर्जी र छाला सम्बन्धी समस्या हो । घातक भनेको दुर्घटनाको कारण पनि पोइजनिक हुनसक्छ । अहिले आत्महत्यामा पनि यसले असर गर्ने गरेको छ । दीर्घकालीन रुपमा यसले पार्ने असर भनेको क्यान्सरदेखि लिएर मिर्गौला, नशा, छाला सम्बन्धी रोग देखा पर्दछन् । त्यसैले कुन हदसम्म हामीले विषादीको प्रयोग गरेका छौँ, त्यसमा पनि भर पर्दछ ।

यो विषादीको प्रयोग भएको खाना खाँदा आमाले कम तौल भएको बच्चा जन्माउने भन्ने कुरा आएको छ, यसको वास्तविकता के हो ?
जनस्वास्थ्य प्रतिष्ठान, नेपालले एउटा अध्ययन गरेको छ । गर्भावस्थामा त्यसको स्पर्शमा आयो भने कम तौल भएको बच्चा जन्मिने रहेछ । कीटनाशक औषधिले जुन क्यान्सर गराउन सक्ने सम्भावना कीटनाशक औषधिले मिर्गौला फेल गराउन सक्ने सम्भावना पनि देखिएको छ ।

विषादीको न्यूनीकरणको लागि विकल्प के के हुन सक्छन् ?
विडम्बना के छ भने कृषिमा प्रयोग हुने रसायनिक विषयलाई कृषिमा मात्र जोडेर हेरिएको छ । तर, समस्या कृषिमा मात्र छैन। अहिलेको महत्त्वपूर्ण पाटो भनेको कृषि, स्वास्थ्य, उद्योग निकायबाट यो न्यूनीकरणको लागि अगाडि बढ्नु पर्दछ । स्वास्थ्यले अहिले कृषिमा प्रयोग हुने विषादीको कुनै रोकथाम गर्ने प्रयोग नगर भनेको छैन । स्वास्थ्यले यसको नकारात्मक प्रभावलाई मात्र लिएको छ । विषादीको आयात गरेको विषादीको तथ्याङ्क राख्ने वितरण गर्ने यो सबै कुरा कृषिमा जोडिएर आएको छ । यसलाई बहु आयामिक ढङ्गबाट व्यवस्थापन गर्नुपर्छ । उपभोक्ता पनि यसले स्वास्थ्यमा पार्न सक्ने प्रभावका बारेमा सजग रहनु पर्दछ । प्राङगारिक मल प्रयोग गरेर उत्पादन भएका साधनको खोजी गर्नु पर्दछ । बजारमा अर्गानिक भन्दा पनि राम्रोतर्फ सबैको ध्यान गएको पाइन्छ । यो विषादी प्रयोग गरेका फलफूल र तरकारी हेर्दा राम्रो देखिन्छ । तर, उपभोक्ताले हेर्दा राम्रो होइन, गुणस्तरीय छान्न सक्नुपर्छ ।

उपभोक्ता कसरी सचेत बन्न सक्छन् ?
यो विषयमा उपभोक्तालाई जानकारी दिन स्वास्थ्य र कृषिको पनि भूमिका रहन्छ । सचेतनामूलक कार्यक्रम गर्नुपर्छ । सचेत उपभोक्ताहरू पनि बजारमा जाँदा प्राङ्गारिक उत्पादन नै हुँदैन । त्यसका लागि बजार व्यवस्थापन गर्नु पर्दछ ।

नेपाल जनस्वास्थ्य प्रतिष्ठानले विषादी न्यूनीकरणको लागि के कस्तो काम गरेको छ ?
अहिलेसम्म हामीले कृषकहरूमा कम्तीमा रासायनिक मलको प्रयोग कम गर्ने र प्राङ्गारिक मलको प्रयोग गर्दा पनि धेरै उत्पादन हुन्छ भनेर परामर्श दिइराखेका छौँ । रासायनिक मल बिक्रेतामा पनि सुरक्षितका साथ त्यसको बिक्री वितरण गर्ने र कृषकमा त्यसको बारेमा सूचना दिनु पर्दछ भनेर हामी केन्द्रित भएका छौँ । पछिल्लो समय हामी उपभोक्तालाई केन्द्रित कार्यकम गर्ने छौँ ।

यो न्यूनीकरणको लागि कसैले तदारुकता नदेखाएको अवस्थामा कसले कस्तो काम गर्यो भने हामी सहजतातिर जान्छौँ ?
स्वास्थ्यको क्षेत्रमा हामीले यो विषादीको प्रयोगलाई र हुनसक्ने सम्भावित रोगलाई तंथ्याकका प्रणालीमा राख्न जरुरी हुन्छ । रोगको रूपमा स्वास्थ्यकर्मीले पनि बिरामीसँग यो बारेमा बुझाउन सकिएको छैन जस्तो लाग्छ । त्यसको लागि हामी अग्रसर भएका छौँ। आउँदो दिनमा कीटनाशक विषादीलाई पनि सम्बोधन गर्नु पर्दछ भनेर हामीले यो प्रयास गरेका छौं। यो बहुआयामिक छ । बहुपक्षीय सम्बोधन आवश्यक छ । एउटा क्षेत्रले मात्र गरेर हुँदैन ।

कसरी विषादीको प्रयोगलाई घटाउन सकिन्छ ?
हामीले प्रयोग गर्ने कृषि उत्पादनमा विषादी प्रयोग गरेको छ भने त्यसले तत्कालीन र दीर्घकालीन रूपमै असर गर्छ । दीर्घकालीन असरले असाध्यै नकारात्मक प्रभाव पार्दछ । नकारात्मक प्रभाव भनेको हाम्रो आगामी पुस्तामा पनि पर्दछ । त्यस्ता उत्पादन खरिद गर्दा राम्रो हेरेर मात्र हुँदैन । रसायनिक विषादीको प्रयोग भएको छ कि छैन त्यो जान्नु आवश्यक छ । उपभोक्ताको प्रयासमा नै रासायनिक विषादीको प्रयोग कम हुँदै जान्छ । (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ७ : ०४ बजे

छामछुम समिति : रवि जोखिममा, अरु धरापमा

यो आलेख तयार पार्दासम्म सहकारी क्षेत्रको बेथितिमाथि छानविनका लागि संसदीय

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन

प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको