हुम्ला-मुगु लिङ्क रोड : लोतीखोलामा ‘बेलीब्रिज’ जडान « Khabarhub

हुम्ला-मुगु लिङ्क रोड : लोतीखोलामा ‘बेलीब्रिज’ जडान


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

अदानचुली– हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको  छ । रु चार करोड ९८ लाखमा बेलीब्रिज जडान गर्ने काम सम्पन्न भएको हो । 

पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर नरेशराज जैसीलेका अनुसार  बयालीस मिटर लम्बाइको उक्त बेलीब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा रहेको र पुलको ३.१५ मिटर उचाइ, तीन वटा प्यानल र तीन वटा डेक राखिएको छ । 

लोतीखोलामा पुल नहुँदा स्थानीयवासी समस्यामा रहेका थिए ।  हिउँदयाममा खोलामा पानी घटेपछि खोलाबाटै सवारीसाधन वारपार गर्दथे भने हल्का सवारीसाधनका लागि काठको पुल बनाइएको थियो ।  वर्षात्मा आएको खोलाले  पुल बगाएपछि मानिससमेत तुइनमा तर्न बाध्य  थिए ।

हुम्ला र मुगु जोड्नका लागि मात्र नभई चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङ आवतजावत गर्न पनि गाउँपालिकावासी तुइनमै निर्भर रहेका थिए । 

चङ्खेली गाउँपालिकाका तीन वटा वडा तुइन तरेर गाउँपालिका केन्द्रमा आउनुपर्ने समस्या  अन्त्य भएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए । उनका अनुसार निरन्तरको पहलपश्चात  बेलीब्रिज छोटो समयमा निर्माण सम्पन्न भएको हो । 

पुलले मुगु, जुम्लालगायतका नागरिकलाई कैलाश मानसरोवर दर्शन गर्न र हुम्लाका नागरिकलाई राराताल अवलोकनका लागि बाजुरा भएर जानुपर्ने बाध्यता मात्र टरेको छैन, अब तिनै जिल्ला सदरमुकामसँग सिधा आवतजावत हुने भएको छ । 

यही साउन १३ गतेका दिन औपचारिक रूपमा उद्घाटन गरी हुम्ला मुगु लिङ्क हुने भएको छ । चङ्खेलीका सलीसल्लाबाट मुगु जिल्लाको भट्याचौरसम्म ग्रामीण पहुँच कार्यक्रम (र्याप थ्री)ले निर्माण सम्पन्न गरेको करिब चार वर्ष पूरा भएपश्चात यो बेलीब्रिज निर्माण भएको छ । 

कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत जिल्लास्थित पूर्वाधार विकास कार्यालयसँग २०८१ साल मङ्सिर २३ गते सम्झौता भई असार २२ गते सम्पन्न भएको उक्त बेलीब्रिज करिब पाँच महिनामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ११ : ११ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह