विश्व इतिहासमा आज : पहिलो अमेरिका कपदेखि टेक्सस रेन्जर्सको कृतिमानसम्म « Khabarhub

विश्व इतिहासमा आज : पहिलो अमेरिका कपदेखि टेक्सस रेन्जर्सको कृतिमानसम्म


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल भदौ ६ गते सोमबार । सन् २०२२ को अगस्ट २२ तारिख । आजको दिन इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम यस्ता छन् ।

सन् २००७ अगस्ट २२ मा आधुनिक एमएलबीको इतिहासमा ‘टेक्सस रेन्जर्स’ ले १ खेलमा ३० रन जोडेर कृतिमान बनायो। रेन्जर्सले बाल्टिमोर ओरियोल्सलाई ३०–३ अन्तरले पराजित गरेको थियो।

सन् २००५ अगस्ट २२ मा नर्वेको ओस्लोबाट बन्दुक प्रयोग गरी एडवर्ड मुन्चले बनाएको ‘द स्क्रिम’ र ‘म्याडोना’ नामक दुई चित्र चोरी भएको थियो ।

सन् २००३ अगस्ट २२ मा अलाबामा प्रधानन्यायाधीश रोय मोरेलाई निलम्बित गरिएको थियो ।

सन् १९८९ अगस्ट २२ मा नेप्ट्युनको पहिलो पूर्ण रिङ्ग पत्ता लागेको थियो ।

सन् १९७२ अगस्ट २२ मा अन्तर्राष्ट्रिय ओलम्पिक समितिले रोडेसियालाई सहभागीतामा प्रतिबन्ध गर्‍यो । रोडेसियाको रङ्गभेदी नीतिहरुका कारण सो राष्ट्रलाई प्रतिबन्ध लगाइएको थियो ।

सन् १९६३ अगस्ट २२ मा जोसेफ ए वाकर स्पेस दोस्रो पटक प्रवेश गर्ने पहिलो मानिस बने । वाकरले एक्स–१५ हाइपरसोनिक रकेटको प्रयोग गरेर स्पेसमा प्रवेश गरे । स्पेस फ्ल्याइटलाई १२ मिनेट लामो उडानमा १ सय ८ किलोमिटरको उचाईमा पुर्‍याउने वाकर पहिलो व्यक्ति बने ।

सन् १९६२ अगस्ट २२ मा फ्रान्सेली राष्ट्रपति चाल्र्स डे गौले हत्या प्रयासबाट बच्न सफल भए । फ्रान्सेली संगठन गोप्य सेना संगठन ओएएसले राष्ट्रपति गौल र उनको श्रीमती विमानस्थलतर्फ जाने क्रममामाथि मेसिन गन प्रहार गरेका थिए । फ्रान्सेली वायु सेनाका अधिकारी जीन–मारी–बास्टिन–थिरीले सो हत्याको नेतृत्व गरेका थिए । अल्जेरियाको स्वतन्त्रतामा गौलेको अनुमतिले ओएस क्रोधित भएका थिए । गौले र उनको श्रीमती विमानस्थल जाने बेला सीट्रोन डीएस १९ कारमा सवार थिए । सो कारको सुरक्षा सुविधाका कारण उनीहरुको ज्यान बचेको अनुमान गरिएको थियो ।

सन् १९२२ अगस्ट २२ मा राजनितिज्ञ माइकल कोलिन्सको हत्या गरिएको थियो । सिन फिन नामक एक राजनैतिक पार्टीका नेता कोलिन्समाथि लुकेर गोली हानि हत्या गरिएको थियो । फ्रान्सको अर्थ मन्त्रीमा नियुक्त भएको केहि महिनापश्चात कोलिन्सको हत्या भएको थियो ।

सन् १८५१ अगस्ट २२ मा पहिलो अमेरिका कप आयोजना भएको थियो । यसलाई विश्वको सबैभन्दा पुरानो स्पोर्टिङ ट्रफी मानिन्छ । सो प्रतियोगितालाई ‘अन्तर्राष्ट्रिय सेलिङ याच प्रतिस्पर्धा मानिन्छ ।

सन् १७७९ अगस्ट २२ मा जेम्स कुक पोजेसन द्धीप पुगेका थिए । प्लाई माउथबाट एचएमएस इन्डियेभर नामक पानी जहाजमा २ वर्षपश्चात अष्ट्रेलियाको उत्तरी तट पुगेका कुकले सो क्षेत्रलाई न्यू साउथ वेल्स पुगेका थिए ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ६ : ०९ बजे

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ मा हालसम्म

बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी

मकवानपुर– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज हेटौँडामा भएको

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५

अर्थमन्त्रीले भने- मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर– जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को