अबको केही दिनमा सत्ता गठबन्धन ६ दलीय बन्छ | Khabarhub Khabarhub

अबको केही दिनमा सत्ता गठबन्धन ६ दलीय बन्छ

‘हाम्रा तीनवटा माग सम्बोधन भएपछि सरकारमा सहभागी हुन्छौँ’


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्ता गठबन्धनमा सामेल हुन सकारात्मक देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका नेताहरू राजनीतिक आधार टेकेर गठबन्धनमा जाने मनस्थितिमा पुगेका हुन् । बालुवाटारमा भएको छलफलमा देउवाले लोसपालाई सत्ता गठबन्धनमा सामेल हुन प्रस्ताव गरेका थिए । लोसपा सत्ता गठबन्धनमा जाने विषयमा १० महिनादेखि छलफल भइरहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवसँग लोसपा नेताको टकराबले सत्तारोहण सहज देखिएको छैन । लोसपाका केन्द्रीय कार्यकारिणी सदस्यहरूका अनुसार गठबन्धनमा सामेल हुँदा यादव सँगको सम्बन्धले कुनै असर नगर्ने बत्ताउँछन् । के लोसपा अब गठबन्धनमा सामेल भएर चुनाव लड्ने तयारीमा पुगेको हो ? लोसपा सहभागी हुँदा काँग्रेससँग मात्र सहकार्य गर्ने योजना छ कि गठबन्धनमा रहेका ५ वटै दलसँग? यिनै विषयमा आधारित भएर लोसपाका नेता केशव झासँग धीरज बस्नेतले गरेको कुराकानी:

गठबन्धनमा सामेल हुने कि नहुने भन्ने जुन विवाद थियो त्यो टुङ्गिएको हो ?

हामीले सुरुमा सरकारलाई समर्थन गर्दा दुईवटा मुद्दालाई राखेका थियौँ । पहिलो नागरिकता विधेयक तयार गर्ने र अर्को मुद्दाहरु फिर्ता गर्नुपर्ने भनेर राखेका थियौँ । त्यसमा नागरिकता विधेयक पारित भयो तर मुद्दा फिर्ताका सवालमा अझै बाँकी छ । जो अगाडि जाने प्रक्रियामा छन् । त्यसैले अब हामी सरकारमा सहभागी हुन कुनै अप्ठ्यारो छैन ।

तपाईँहरू गठबन्धनमा जाने कि सरकारमा जाने हो ?

सबैभन्दा महत्त्वपूर्ण गठबन्धन हो । गठबन्धनको टुङ्गो नलगाई त सरकारमा जाने कुरा हुँदैन । त्यसैले अहिले गठबन्धनमा सहभागी हुने कुरा सुनिश्चितता बढ्यो र सरकारको पनि सम्भावना बढेर गयो ।

सत्तामा जान वा मन्त्री बन्न खुट्टा उचालेका तपाईँका नेताहरूलाई किन दश महिना लाग्यो ?

एउटा राजनीतिक पार्टीले सरकारमा जानु हुँदैन र यदि आफ्ना माग सुनिन्छन् भने बल्ल सरकारमा जानुपर्छ भन्ने हाम्रो मान्यता हो । यही कारणले केही समय लाग्यो ।

उपेन्द्र यादवसँगको टकरावका कारणले सरकारमा जान या गठबन्धनमा जान सहज नभएको हो  ?

केही मान्छेले आफ्नो विचार ल्याएर यो टीकाटिप्पणी भएको हो । हामीलाई सुरुमा केपी ओलीको सरकार बन्दा पनि बोलाएको थियो तर हामी नगएर बाहिरबाट समर्थन गर्‍यौँ । तर केपी ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लियौँ । पछि त्यो सरकार अप्ठ्यारोमा परेपछि र हाम्रा माग र मुद्दाहरु सम्बोधन गर्दै गएपछि त्यो नागरिकता विधेयक १३९ जना माथि लागेको मुद्दा फिर्तामा वा संविधान संशोधनमा क्याबिनेटबाट कार्यदल बनाउने विषयमा होस् । यो तीनवटा काम भएपछि हामी सरकारमा जान सहमत हुन्छौँ ।

चुनावको मुखमा सरकारमा जान पाउनु ठूलो उपलब्धि होला नि, चुनाव त सत्ताले धेरै कुरामा प्रभाव पार्छ ?

अहिले सरकारमा माखो मार्न सकिँदैन । किनभने बजेट पनि सबै आफ्नो प्रक्रियामा गइसकेको सरकारमा गएर दैनिक रूपमा उपस्थिति हुनु मात्र हो । तर हामी गठबन्धनमा लामो यात्रा तय गर्नलाई एउटा विश्वासको वातावरण बनेको र हाम्रो माग मुद्दा पनि पूरा भएकाले त्यो कर्तव्य पूरा गर्नका लागि सबै ठाउँमा प्रतिनिधित्व हुनुपर्दछ भनेर तयार भएको हो । कुनै दिन हाम्रो पार्टी र जसपाबीच टकराव भएको छैन ।

दुई दलमा एकले अर्काको नाम नै लिन नचाहने चाहिँ किन नि ?

मौनता सबै कुराको स्वीकृति हो । जसपा र लोसपाबीच कुनै विवाद भएको छैन । वैचारिक आधारमा कार्यनीति मिलेन । रणनीति मिलेन र वैचारिक आधारमा नै समस्या भएको हो । सैद्धान्तिक कुराहरू मिल्न छोड्यो र त्यो भएपछि  झगडा गरेर बस्नुभन्दा विचार नमिलेर छुट्टिँदा  किन झगडा गर्नु किन गाली गर्नु भन्ने हो ।

जसपाका कारण तपाईँहरूलाई सरकारमा जान या गठबन्धनमा जान अप्ठ्यारो परेको हो कि हैन ?

यो  गठबन्धन पनि भोलि कुन स्थितिमा लाने हो भनेर थाहा छैन । किनभने स्थानीय तहको निर्वाचनमा जुन विवाद रहयो । त्यस कारणले भोलि कस्तो गठबन्धन बन्ला त्यो हेर्न बाँकी छ । त्यसैले हामीले प्रजातान्त्रिक पार्टीहरु एकै ठाउँमा आउनु पर्दछ भन्ने मात्र हो ।

जसपासँग मिल्नका लागि भित्रभित्रै केही कसरत भएको हो त ?

विवाद दुई प्रकारको हुन्छ, एउटा सैद्धान्तिक र अर्को व्यवहारिक । त्यसैले हामीले यो सैद्धान्तिक रूपमा विचार मिलेन हामी छुटौँ भनेको हो । व्यवहारिक रूपमा गाली गरेर हामी छुटेको हैन । हामी त्यो पार्टी भोलि फुट्दै छ भनेर राति एकता गरेर जोगाएका थियौँ तर पनि उहाँहरूले हाम्रा नेताहरूलाई अराजक किसिमले कारवाही गर्न थालेपछि अब मिल्न सकिँदैन भनेर छुटेका हौँ ।

त्यसैले अहिले तत्काल सहकार्य हुने अवस्था छैन । तर राजनीतिमा कुनै असम्भव छैन । पछि के हुन्छ, त्यो अहिले थाहा हुँदैन ।

दुवै दलले मधेसका समस्यालाई लिएर अगाडि बढ्नुभएको छ । तपाईँहरू मिल्नसक्ने आधारहरूको खोजी भएको छैन ?

नागरिकता समस्या भनेको मधेसको भन्दा हिमाल र पहाडको समस्या हो । तत्काल उहाँहरूसँग सहकार्यको स्थिति छैन । यो गठबन्धनमा जाँदा उहाँहरू गठबन्धनमा हुनुहुन्छ । त्यसैले गठबन्धनमा अहिले ५ वटा दलहरू छन् त्यसमा अब हामी पनि छौँ ।  त्यसरी समग्रमा जान सकियो । उहाँहरूसँग नै सहकार्य गरेर जाने स्थिति छैन ।

अबको केही दिनमा पाँच दलीयबाट ६ दलीय हुन्छ ?

सबै कुरा ठीक रहयो भने यो सम्भव छ ।

तपाईँहरू गठबन्धन गर्दा पाँच दलसँग मिल्ने कि काँग्रेससँग मात्र मिल्ने त ?

एउटासँग मात्र सहकार्य गर्न जाने भन्ने हुँदैन त्यसैले हामी जाने भनेको कुरै गठबन्धनमा नै सहकार्य गर्ने गरी जाने हो । जे मोडालिटी बन्छ, त्यो आधारमा नै सबैलाई एकनासको हुन्छ । सिट बाँडफाँडका लागि २०७४ सालको चुनावमा कसले कुन प्रतिनिधिसभामा जितेको छ त्यसको आधारमा हुन्छ र दोस्रो अहिले स्थानीय तहमा आएको मतको आधारमा होला ।

काँग्रेसले मधेसमा आफ्नो शक्ति बढाउन चाहेको कारणले गर्दा अरू दलले नमाने पनि काँग्रेसले सहकार्य गर्‍यो भने सहकार्य गर्ने कि नगर्ने ?

यो विषयमा काँग्रेस त सकारात्मक छ तर अरू दलहरू पनि सकारात्मक देखिन्छ । त्यसैले काँग्रेससँग मात्र एकलौटी अगाडि बढ्ने कुरा हुँदैन ।

एमालेसँग कुरा किन नमिलेको ?

सुरुदेखि एमालेको विचार हाम्रो विचारभन्दा फरक कुरा गर्ने उल्टो कुरा गर्ने थियो । त्यसैले पहिलो शत्रुगत व्यवहार एमालेसँग नै थियो । संसद् २ पटक विघटन भयो त्यसमा पहिलो व्यवस्थापिका संसद् र प्रतिनिधिसभाको विघटन भयो त्यो विशुद्ध रूपमा असंवैधानिक थियो । जसको विरोध हामीले गर्‍यौँ र त्यो रिजेक्ट भयो । तर दोस्रोपटक प्रतिनिधिसभाको विघटन हो कि हैन भनेर संवैधानिक हो कि हैन भनेर आजको दिनमा पनि फरक–फरक विचार छ । पछि हाम्रो माग पूरा गराउनु थियो । त्यसैले यता हाम्रो माग मुद्दा पूरा भएपछि सहभागी हुन्छौँ भनेर शर्त राख्यौँ ।

तपाईँहरूको माग मुद्दा पूरा भएपछि त्यो दलले जस्ता गतिविधि गरे पनि स्वीकार्नु हुँदोरहेछ है ?

गतिविधि भन्नाले के देश बेच्दै थियो र ? काहीँ देशलाई विघटन गरेको हो र ? शक्ति सञ्चालनको विषयमा लोकतान्त्रिक विधिमा कसैले गलत गर्न सक्छ तर हामीले विधिको व्यवस्थालाई जोगाउनु पर्दछ । त्यसैले अदालतले गरेको निर्णय पनि पचाएर केही सजाय दिएर अगाडिको यात्रा पूरा गर्नुपर्छ । न्यायालयले न्याय दिन्छ तर कुनै कुरामा दिएको हुँदैन ।

संसद् पुनर्स्थापना गरेर अदालतले गलत गरेको हो त ?

संसद् पुनर्स्थापना गरेर गलत गरेको हैन तर व्यक्तिको नाम तोकेर प्रधानमन्त्री जुन बनायो,  त्यो गलत हो । त्यतिबेला एउटा न्यायिक विषयमा नराम्रो फैसला भयो भनेर सबैले बोलेको हो त्यसैले कुनै कुरा भनिएको छ भने त्यसलाई आंशिक रूपमा ग्रहण गर्नु पर्दछ ।

(प्रस्तुतिः पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ८ : ३५ बजे

भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णोद्धार गरिँदै

भोजपुर– समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको

प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्रीलगायत विज्ञसँग छलफल गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा उठाउने एजेण्डाबारे 

आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

अमेरिकी प्रस्ताव स्वीकार गर्दै इजरायल र हिजबुल्लाह युद्धविराम नजिक

इजरायल – इजरायल र हिजबुल्लाह युद्धविरामका लागि नजिकिएको जनाइएको छ।

कञ्चनपुरको लालझाडीमा जङ्गली हात्तीको आतंक

कञ्चनपुर– जङगली हात्तीले घर भत्काएपछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा