चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध « Khabarhub

चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध भएको छ।

आइतबार राति भएको खेलमा लिड्सले चेल्सीलाई ३–० ले पराजित गर्‍यो । लिड्सको जितमा ब्रेन्डेन आरोन्सन, रोड्रिगो मोरेना र ज्याक ह्यारिसनले एक–एक गोल गरे ।

खेलको ३३औं मिनेटमा आरोन्सनको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि मोरेनाले हेडर गोलमार्फत लिड्सको अग्रता दोब्बर पारे । यस्तै, ६९औं मिनेटमा ह्यारिसनले तेस्रो गोल गरे ।

लिड्सले पछिल्लो पटक चेल्सीलाई सन् २००२ मा २–० ले पराजित गरेको थियो । जितसँगै तीन खेलबाट सात अंक जोडेको लिड्स तेस्रो स्थानमा उक्लिएको छ ।

थोमस टचेलको प्रशिक्षणमा रहेको चेल्सीको यो पहिलो हार हो । तीन खेलबाट चार अंक जोडेको चेल्सी तालिकाको १२औं स्थानमा छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ७ : २० बजे

भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प

एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता

गलेश्वर– म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी