हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित « Khabarhub

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । जाडो बढ्दै जाँदा खानेपानीको धाराका पानी ठोसमा परिणत भएको छ । चिसोले पानीका पाइप फुट्न थालेका छन् । 

पिउने पानी आउन छाडेपछि यहाँका नागरिकले बढी सास्ती खेप्नुपरेको छ । हिउँदे याममा नागरिकलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको चन्दननाथ नगरपालिकाका स्थानीयवासी सुनिता बुढाले बताइन् । माघमा चिसो बढ्दै गएपछि विशेषगरी जुम्लालगायत माथिल्लो कर्णालीका मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन कष्टकर बन्दै गएको हो ।

जुम्लाको न्यूनतम तापक्रम यतिबेला माइनस ०.७१ डिग्री सेल्सियसमा झरेको छ । तीन दिनसम्म मौसम बदलिने सम्भावना रहेको जल तथा मौसम कार्यालय जुम्लाका प्रमुख आशामपूरा कार्कीले जानकारी दिइन् । 

‘चिसो बढ्ने क्रम जारी छ’, प्रमुख कार्कीले भनिन्, ‘हिमपात भएपछि निकै जाडो बढेको छ । नागरिकको जनजीवन निकै कष्टकर बन्दै गएको छ ।’ कठ्याङ्ग्रिने जाडो नघट्दासम्म हिमाली बासिन्दाको खासगरी बिहान र बेलुकाको दैनिकी अझ बढी कठिन हुने कार्यालय प्रमुख कार्कीको भनाइ छ । 

करिब दुई हजार पाँच उपभोक्तामार्फत २२ हजारभन्दा बढी नागरिकलाई खानेपानी सेवा दिइरहेको खलङ्गा खानेपानी उपभोक्ता समितिको कार्यालयले जनाएको छ ।  

हिमपात हुँदा किसान खुसी

जुम्ला लगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै यहाँका किसान खुसी भएका छन् । यो वर्षको पहिलो हिउँ माघ महिनाको दोस्रो सातामा परेपछि किसानले लगाएको हिउँदे बालीलाई निकै राम्रो हुने जुम्लाको तिला गाउँपालिका–१ स्थानीयवासि लङ्क बुढाले जानकारी दिए ।

अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनाली निकै राहत पुगेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए ।

स्याउका नयाँ बिरुवा लगाउने समय भएकाले  हिउँ पर्दा सहज भएको यहाँका किसान बताउँछन् । हिमपातपछि जुम्लाका डाँडाकाँडा सेताम्मे बनेका छन् । लामो समयपछि हिउँ परेपछि यहाँका स्थानीयवासी हिउँसँगै फोटो र भिडियो बनाउनमा व्यस्त हुने गरेका छन् ।

लामो समयदेखि हिमपात नहुँदा सुक्न थालेको हिउँदे बालीमा राहत पुगेपछि स्थानीय किसानले राहत महसुस गरेका छन् । यसले गहुँ, जौ, आलुलगायत हिउँदे बालीलाई फाइदा पुग्ने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । हिमपातले अवरुद्ध भएको हवाई सेवा आइतबारबाट सञ्चालनमा आएको नागरिक उडान कार्यालय जुम्लाले जनाएको छ । रासस
 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १ : ०५ बजे

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन : निष्क्रिय खाता न्यूनीकरणका लागि कार्ययोजना बनाएर लागू गर्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै