चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध « Khabarhub

चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध भएको छ।

आइतबार राति भएको खेलमा लिड्सले चेल्सीलाई ३–० ले पराजित गर्‍यो । लिड्सको जितमा ब्रेन्डेन आरोन्सन, रोड्रिगो मोरेना र ज्याक ह्यारिसनले एक–एक गोल गरे ।

खेलको ३३औं मिनेटमा आरोन्सनको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि मोरेनाले हेडर गोलमार्फत लिड्सको अग्रता दोब्बर पारे । यस्तै, ६९औं मिनेटमा ह्यारिसनले तेस्रो गोल गरे ।

लिड्सले पछिल्लो पटक चेल्सीलाई सन् २००२ मा २–० ले पराजित गरेको थियो । जितसँगै तीन खेलबाट सात अंक जोडेको लिड्स तेस्रो स्थानमा उक्लिएको छ ।

थोमस टचेलको प्रशिक्षणमा रहेको चेल्सीको यो पहिलो हार हो । तीन खेलबाट चार अंक जोडेको चेल्सी तालिकाको १२औं स्थानमा छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ७ : २० बजे

पत्रकारसँग रिसाए ओली : ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’

काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पत्रकारसँग आक्रोशित देखिएका

बाढी प्रभावितलाई चिनियाँ सहयोग : खाद्य तथा स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्ती

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान गर्ने क्रम

इरान युद्धको लागत बढ्दै, अमेरिकी सेनाको खर्च ४३ अर्ब ६० करोड डलर

वासिङ्टन– इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब

महासचिवमा रोकेपछि ‘मन दुख्यो’ भनेका प्रदीप ज्ञवालीले किन गरे केपी ओलीकै गुणगान ?

काठमाडौं- नेकपा (एमाले) नेता प्रदीप ज्ञवाली यतिबेला पार्टी अध्यक्ष केपी

भोटेकोशी बाढी : एक हजार ४ सय ३६ जनाको शव भेटियो

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव