पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन « Khabarhub

पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा सचिवालयको उद्घाटन गरेका हुन् ।

सो कार्यक्रममा मन्त्री गहतराजले यसपटकको खेलकुदको सम्पूर्ण तयारीसहित कार्तिक पहिलो हप्तासम्म सचिवालय सञ्चालन हुने बताए । मन्त्री गहतराजले कर्मचारी र खेलकुदकर्मीले आवश्यक समन्वय गरी प्रतियोगिता सफल पार्नका लागि एकजुट आह्वान पनि गरे ।

३९ वर्षपछि गण्डकी प्रदेशमा आउँदो २८ असोजदेखि ३ कार्तिकसम्म सञ्चालन हुने प्रतियोगितालाई सफल पार्न प्रदेश सरकार तयार रहेको प्रदेशका मुख्यमन्त्री नेपाली पोखरेल सुनाए ।

पोखराका मेयर आचार्यले स्थानीय तहलाई संघीय सरकारले सहकार्य गरेकोले आफ्नो क्षेत्रमा हुने उक्त प्रतियोगितालाई सफल पार्न आफू लागिपर्ने प्रतिबद्धता जनाए।

प्रदेश राजधानी पोखरा केन्द्रित प्रतियोगिताका विभिन्न खेल मैदान करिब तयारी अवस्थामा रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ७ : ३२ बजे

भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

चितवन– भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन्

दूध अभावले सङ्कटमा जिरी चीज उद्योग, दाउरा बटुलेरै बित्छ कर्मचारीको ६ महिना

दोलखा– जिल्लाकै पुरानो जीज उत्पादन केन्द्र जिरीमा चौरीको दूध अभाव

भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प

एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता

गलेश्वर– म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम