गिरिको शोकमा कल्याणपुर नगरपालिकामा आज बिदा « Khabarhub

गिरिको शोकमा कल्याणपुर नगरपालिकामा आज बिदा


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान – नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ ।

कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ ।

लहान नगरपालिका–१४ निवासी गिरीको निधनमा लहानले आइतबार सार्वजनिक बिदा दिएको थियो । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको थियो ।

उनको शनिबार राति उपचारकै क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ९ : ५२ बजे

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकको दूरसञ्चार सेवामा पहुँच सहज हुने

काठमाडौं– एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) सँग साझेदारीको घोषणा

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको