केही दिन पानी नपर्ने : मौसम पूर्वानुमान महाशाखा « Khabarhub

केही दिन पानी नपर्ने : मौसम पूर्वानुमान महाशाखा


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मध्य मनसुनका बेला नेपालमा तापक्रममा उच्च वृद्धि भएको छ । काठमाडौँ उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

केही दिनयता काठमाडौँ उपत्यकामा पानी पर्न छाडेको छ । पूरा आकाश खुल्दा गर्मी अत्यधिक बढेको छ । आइतबार २९ डिग्री सेल्सियस रहेको काठमाडौँको तापक्रम सोमबार ३० डिग्री सेल्सियस पुगेको छ ।

‘विगत केही दिनदेखि वायुको तापक्रममा वृद्धि भइरहेको र आज पनि वृद्धि हुने क्रममै रहेकाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ मौसम पूर्वानुमान महाशाखाले जारी गरेको नोटमा भनिएको छ ।

यस वर्षको मनसुनमा देशभर आवश्यक मात्रामा पानी नपर्दा किसानहरू समस्यामा परेका छन् । मधेस प्रदेशलगायतका जिल्लामा तापक्रम उच्च रूपमा वृद्धि भएको छ । खडेरीले रोपेका धान पनि सुक्न थालेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १२ : ४६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले