सात जना मृत फेला  « Khabarhub

 सात जना मृत फेला 


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्की, पर्वत, म्याग्दी, मकवानपुर, नवलपरासी (पश्चिम) , भक्तपुर र चितवनमा सात जना मृत अवस्थामा फेला परेका छन् । सिन्धुली जिल्ला कमलामाई नगरपालिका–५ का २८ वर्षीय राज कुमार सुनार मृत अवस्थामा फेला परेका छन् । 

उनी पोखरा महानगरपालिका–१४ कदम मार्गस्थित आफ्नै डेरामा मृत अवस्थामा फेला परेका हुन् । पर्वतको पैयुँ गाउँपालिका–७ भोर्ले बस्ने ९२ वर्षीया नन्दी देवी भट्टराई सोही ठाउँस्थित सेती खोलाको किनारमा आइतबार मृत अवस्थामा फेला परेकी छन् । घरबाट कसैलाई जानकारी नगराई हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । 

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला लेवाङस्थित बाटोमा गोरखा अजिरकोट गाउँपालिका–४ घर भई हाल टुण्डी हाईड्रोपावरमा काम गर्ने ४५ वर्षीय होमनाथ दवाडी आइतबार मृत अवस्थामा फेला परेका छन् । मकवानपुरको थाहा नगरपालिका–३ स्थित सृजनाबस्तीको खोल्सामा सोही ठाउँ बस्ने ७० वर्षीया उजेली सुनार आइतबार मृत अवस्थामा फेला परेकी छिन् । 

नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिका–३ घोडपाली बस्ने बर्कत मियाँको ७ वर्षीय छोरा फिरोज मियाँ आफ्नै घर नजिकको पोखरीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका सल्लाघारी ९९ रोपनीस्थित होमपाईपमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

चितवनको माडी नगरपालिका–३ सिमरागाउँ बस्ने ७५ वर्षीय झगरु महतो सोही नगरपालिका–६ हरिनगरस्थित रिउ खोलाको काँस घारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १ : २५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको