माछाका भुरा बिक्रीबाटै २५ लाख आमदानी « Khabarhub

माछाका भुरा बिक्रीबाटै २५ लाख आमदानी


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– राजनीतिक क्षेत्रमा आफूलाई अब्बल सावित गर्ने मोरङका एक राजनीतिककर्मीले कृषि पेसालाई पनि आगाडि बढाएका छन् । विराटनगर महानगरपालिका कञ्चनबारी निवासी प्रदेश नं १ प्रदेश सभा सदस्य चुमनारायण तवदारले राजनीतिसँगै कृषि पेसालाई अगाल्नुको कारण राजनीतिक क्षेत्रलाई अझ बलियो बनाउने उनको धारणा छ ।

इमानको राजनीति गर्दा हुने खर्च जुटाउन कृषि पेसा अपनाएको र यसैका माध्यमबाट आफ्ना निर्वाचन क्षेत्रमा विकास र जनताको सेवालाई अझ प्रभावकारी ढङ्गले लैजाने उनले स्पष्ट पारे । उनी मोरङ निर्वाचन क्षेत्र नं ६ (क) का प्रदेश सभाका निर्वाचित सदस्य हुन् ।

राजनीतिक पृष्ठभूमि बोकेका प्रदेशसभा सदस्य तवदार विगत लामो समयदेखि मोरङ केन्द्रित राजनीतिक गरिरहेका छन् । पछिल्लो समयमा विराटनगर महानगरपालिकादेखि १८ किमी उत्तर बूढीगङ्गा गाउँपालिका–६ कोइलपुरमा उनले विराट कर्मसियल एग्रिकल्चर एण्ड इन्भारोमेन्ट कम्पनी प्रालि तवदार फार्म सञ्चालनमा ल्याई माछाका भुरा उत्पादन कार्य सुरु गरेका छन् ।

व्यावसायिक रुपमा माछाका भुरा उत्पादन गर्न थालेपछि उनले पहिलो पटक पाँच लाखका र दोस्रो पटक २५ लाखका माछाका भुरा बिक्री गर्न सफल भएका छन् । अहिले माछाका भुरा उत्पादन गर्न थालेपछि यस व्यवसायमा लाग्ने किसानलाई राहत भएको छ । ठूलो मात्रामा भुरा उत्पादन गर्न उनले १० बिघा १० कठ्ठा जग्गामा २३ वटा पोखरी खनेका छन् । उनले यो व्यवसाय अङगालेको आठ वर्ष भयो ।

एक पटकमा १० लाख भुरा उत्पादन गर्ने संरचना निर्माण गरेका तवदारले प्रत्येक भुरा दुईका दरले बिक्री गरेका छन् । सोह्र घण्टादेखि २४ घण्टामा माछाका भुरा निस्कने र छ दिनपछि बिक्री योग्य बन्ने रेहु, भाकुर, ग्रास कार्प, कमल कार्प, नैनी जस्ता जातका माछा उत्पादन हुने गरेको छ ।

तवदारले माछाका भुरा उत्पादन गर्न विशेषज्ञका रुपमा नेपाल सरकारका पूर्व मत्स्य विकास अधिकृत कर्मचारी हुकुमलाल सिंहलाई कर्मचारीका रुपमा राख्नुभएको छ । उनको मेहनत र लगनशीलता देखेर प्रदेश सरकारले हायरिङ मत्स्य प्रजनन कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले १५ लाख अनुदान पनि सहयोग गरेको छ । 

माछा पोखरीको क्षेत्र बढाउन पोखरीसँगै जोडिएको दक्षिणतर्फको खाली जग्गा खरिद गर्ने योजना बनाएका तवदारले जनतालाई आवतजावत गर्न सुविधा दिने हिसाबले पोखरी क्षेत्रको बीचबाट एउटा सार्वजनिक बाटो पनि निर्माण गरेका छन् । चारैतिर घेरबार भए पनि बीचमा बाटो भएका कारणले जनतालाई एक गाउँबाट अर्को गाउँ जान निकै सुविधा भएको स्थानीयवासी सत्यनारायण चौधरीले जानकारी दिए । 

उनले माछाका भुरासँगै बाख्रा, हाँस, स्थानीय जातका कुखुरा र लोप हुन लागेको हराजाताको बङ्गुुर पालन पनि सुरु गरेका छन् । पैतालीस थान बाख्रा र २० बङ्गुरसहित हजारौँको सङ्ख्यमा हाँस पोखरीमा चरण गरेको दृष्य देखेर जोकोहीको पनि मन लोभिन सक्छ । जमुनापारी र बयर बोकासँग क्रस गराउने र नश्ल सुधार भएमा यो कार्यलाई निरन्तरता दिने योजना बनाएका सदस्य तवदारको फर्ममा आठ जनाले नियमित रोजगार पाएका छन् ।

पशुपक्षी तथा मत्स्य निर्देशनालयका निर्देशक पशुपति ढुङ्गानाले निजी क्षेत्रबाट गरेको यस किसिमको प्रयासलाई राज्यका तर्फबाट पनि बढावा दिनुपर्ने धारणा राख्दै माछामा मात्र होइन माछाका भुरामा पनि आत्मनिर्भर बन्नुपर्ने बताए  ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  २ : ३० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर