गठबन्धन दलका नेता लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्न डराए : ओली « Khabarhub

गठबन्धन दलका नेता लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्न डराए : ओली


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरू लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भनेर बोल्न डराएको बताएका छन्।

एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीद्वारा सोमबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्दा भारतलाई पनि मन नपरेको भन्दै गठबन्धनमा रहेका दलहरू पनि नेपालको भूमि आफ्नै हो भनेर भन्न डराएको बताएका हुन् ।

भारत भ्रमणमा जाँदा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको भूमिका बारेमा समेत बोल्ने हिम्मत नदेखाएको उनले बताए। ओलीले शेर बहादुर देउवा र प्रचण्डलाई भारत भ्रमणमा बोलाए पनि माधव नेपाललाई भारतले नबोलाएर छटपटी भएको तर्क गरे। अध्यक्ष ओलीले प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थाप्रति पनि गठबन्धन प्रतिस्पर्धाको राजनीतिक नभएर राजनीतिलाई दुस्मनीको विषय बनाएको धारणा राखे।

उनले एमसीसीबारे गठबन्धनमा रहेका दलहरूले दोहोरो चरित्र देखाएको र नागरिकता विधेयकमा पनि राष्ट्रपतिले दिएको सुझाव नमानी जस्ताको तस्तै पास गरेको भन्दै आपत्ति जनाए। ओलीले शान्ति प्रक्रिया टुङ्ग्याउने भन्दै पीडितहरूलाई रुवाउने काम गठबन्धन सरकारले गरेको भन्दै जनयुद्ध पीडितको गोली निकाल्ने काम एमालेले गर्ने जिकिर गरे।

ओलीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने भनिए पनि प्रचण्डले कम्युनिष्ट पार्टीलाई कांग्रेस समक्ष बुझाएको आरोप लगाए। कार्यक्रममा पूर्व मन्त्री दानबहादुर चौधरी लगायतका अन्य दलका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ५ : ५८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि