हेलिकप्टरमार्फत उद्धार गरिएकी गर्भवतीको ज्यान बच्यो, शिशुको मृत्यु « Khabarhub

हेलिकप्टरमार्फत उद्धार गरिएकी गर्भवतीको ज्यान बच्यो, शिशुको मृत्यु


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको सिगासबाट आज हेलिकप्टरमार्फत उद्धार गरिएकी गर्भवतीको ज्यान बचेको छ । सिगास गाउँपालिका–६, थलाकी २० वर्षीया बिन्दु धामीको उद्धारपछि ज्यान जोगिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल पुर्‍याएकी बिन्दुको ज्यान जोगिएको उनका श्रीमान् दीपेन्द्र धामीले जानकारी दिए । बिन्दुको ज्यान जोगिए पनि शिशुको भने मृत्यु भएको छ ।

शल्यक्रिया गरेपछि बिन्दुको ज्यान बचेको र लामो व्यथाका कारण शिशुको गर्भमै मृत्यु भएको शल्यक्रियामा सहभागी चिकित्सकलाई उद्धत गर्दै दीपेन्द्रले राससलाई बताए । लामो व्यथाले शिशुको गर्भमै मृत्यु भएको भन्ने चिकित्सक बताएका छन् ।

आइतबारदेखि सुत्केरी व्यथा लागेकी बिन्दुको मात्रै हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको थियो । समयमा  खबर नगरिएकाले शिशुको मृत्यु भएकाप्रति बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुःख व्यक्त गरे । आइतबार थलाकाँडा स्वास्थ्य चौकी पुगेकी धामी सुत्केरी हुन नसकेपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि सोमबार उद्धार गरिएको हो ।

आइतबारदेखि सुत्केरी व्यथा लागेकी बिन्दुको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि जिल्ला अस्पताल लैजान सडक सुविधा नभएको र सडकसम्म पुर्‍याउन ४ घण्टा बोकेर लैजानुपर्ने सो समयसम्म अत्यधिक रक्तश्राव हुने खतरा रहेकाले सुविधा सम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन सिगास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो । 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ६ : १८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले