कश्मीरमा फरक क्षमता भएकाहरुको क्रिकेट प्रतियोगता आयोजना « Khabarhub

कश्मीरमा फरक क्षमता भएकाहरुको क्रिकेट प्रतियोगता आयोजना


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत प्रशासित जम्मु कश्मीरको पुलावामामा फरक क्षमता भएका खेलाडीहरुका लागि क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको छ ।

फरक क्षमता भएका खेलाडीहरुको आत्मविश्वास बढाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्न सक्ने हौसला प्रदान गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजकलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

आयोजकले भने फरक क्षमता भएका व्यक्तिहरुले चाहेमा यस्तै अन्य प्रतियोगिताको आयोजना गर्न समेत आफूहरु तयार रहेको जानकारी दिएका छन् ।

‘उनीहरुका लागि खेलकुद प्रतियोगिताको आयोजना गर्नु हाम्रो दायित्व हो ।’ आयोजकलाई उद्धृत गर्दै एएनआईले उल्लेख गरेको छ, ‘उनीहरुले आफूलाई अरुभन्दा कमजोर नठानुन् भन्ने हाम्रो चाहना हो ।’

आयोजकले यस प्रतियोगिताबाट नयाँ प्रतिभाहरु अगाडि आएको समेत जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ९ : ५० बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड