बैंकिङ कसुरको आरोपमा रामेछापबाट पक्राउ « Khabarhub

बैंकिङ कसुरको आरोपमा रामेछापबाट पक्राउ


६ भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप — प्रहरीले बैंकिङ कसुरको आरोपमा रामेछापबाट एक जनालाई पक्राउ गरेको छ । लिखु तामाकोसी गाउँपालिका ६ रामेछापका कृष्णबहादुर खड्कालाई बैंकिङ कसुरको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

दोलखाको मेलुङ गाउँपालिका घर भई हाल रामेछाप मन्थली १ बस्ने सुजुकी कार्कीको जाहेरी अनुसार खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । खड्काविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट साउन १५ मा पक्राउ पूर्जी जारी भएको थियो ।

उनलाई आइतबार राति रामेछापको मन्थली नगरपालिका १ सानीमदौबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई अदालतबाट ७ दिन थुनामा राख्न म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  १० : १६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल