नाइजेरियाको अस्पतालका दृश्य « Khabarhub

नाइजेरियाको अस्पतालका दृश्य


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

फाटी उस्मानको छोरा अस्पतालको बेडमा छन्। सास मात्र बाँकी रहेको छोरा तङ्ग्रिन्छ कि भन्ने आश उनकी आमामा छ। ख्याउटो अनुहारमा झिँगा भन्किरहेका छन्। हेर्दा दुई वर्षको जस्तो देखिने ती बालक पाँच वर्षका भइसकेको आमा बताउँछिन्। यो दृश्य उत्तर पूर्वी नाइजेरियाको हो।

उत्तर पूर्वी नाइजेरियामा कुपोषणका कारण जीवन जोखिममा परेका लाखौं मध्ये उनी त एक उदाहरण मात्र हुन्। यस्ता सहयोगको अपेक्षा भएका र सहयोग चाहिएका थुप्रै छन्। उत्तर पूर्वी क्षेत्रको अवस्था साँच्चै विकराल नै बनिसकेको छ। त्यहाँका स्वास्थ्य संरचना खराब भएका छन्। थुप्रै बालबालिकाको जीवन सङ्कटमा छ।

ती क्षेत्रको संकट टार्न नाइजेरिया पछिल्लो समय संयुक्त राष्ट्र सङ्घ लगायत दातृ निकायकै भर परेको छ। परन्तु ती निकायको ध्यान अन्यत्र मोडिएको छ। रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनमा धेरै सहयोग हुन थालेका छन्। संसारका धेरै देशमा अहिले बाढी र पहिरोको संकट पनि छ। यस कारण दातृ निकायको ध्यान त्यतातिर पनि मोडिएको छ।

आन्तरिक रूपमा विस्थापित व्यक्तिका लागि बानेर्नो प्रान्तमा आरक्षण शिविर खडा गरिएको थियो । ती शिविर लाखौँ नाइजेरियालीको आश्रयस्थल बनेका थिए। तर, अहिले त्यो अस्तित्वमा छैन।

आन्तरिक रूपमा विस्थापित व्यक्तिका लागि बानेर्नो प्रान्तमा आरक्षण शिविर खडा गरिएको थियो । ती शिविर लाखौँ नाइजेरियालीको आश्रयस्थल बनेका थिए। तर, अहिले त्यो अस्तित्वमा छैन। गत वर्ष एक परिवारलाई २ सय अमेरिकी डलर बराबरको क्षतिपूर्ति दिएर ती स्थल बन्द गराइए।

दातृ निकाय र अन्य धेरै सामाजिक संस्थाले यसका बारे अध्ययन गरिरहेका छन्। उनीहरूकै अध्ययनका अनुसार उत्तर पूर्वी नाइजेरियामा १७ लाख ४० हजार जना पाँच वर्ष भन्दा कम उमेरका बालक यसरी कुपोषणको सिकार भएका छन्। त्यस संस्थाको अनुसार सन् २०२२ मा २० प्रतिशतले कुपोषणको मात्राको वृद्धि भएको छ। अबको दुई महिनामा ५ हजार बालकको ज्यान जान सक्ने अनुमान गरिएको छ।

सैन्य जत्थाको आक्रमण र उनीहरूको हिंसात्मक गतिविधिका कारण खेतबारीमा गएर काम गर्ने हिम्मत कसैको छैन।

उस्मानले बताए अनुसार उनको छोरालाई पहिलो दादुरा भएको थियो। त्यसपछि झाडा पखालाले पनि समात्यो। ‘लगातार ३६ दिनदेखि झाडा लागेको उसलाई मैले केही औषधि दिएकी हुँ। त्यसले काम नगरेपछि अस्पताल ल्याएँ ’, उनले भनिन्।

ती बच्चाको स्वास्थ्य अवस्था धेरै नाजुक भएपछि उनले योबे प्रान्तको मुख्य सहर डामेरुटको अस्पतालमा लिएर गएकी हुन्। पछिल्ला संकट आउनु अगाडि नै उनका पाँच बच्चाको ज्यान गइसकेको छ । बाँकी रहेका चार मध्ये उ एउटा हो। ३४ वर्षीय आमा पनि जिउमा हाड छालाबाहेक केही नभए जस्तै भइसकेकी छिन्।

आफ्नो वासस्थानको क्षेत्रमा इस्लामिक सैन्य सङ्गठन बोका हरामले आक्रमण गरेपछि पाँच वर्ष अगाडि उनी घर छाडेर विस्थापितको आश्रय स्थलमा पुगेकी थिइन्। ‘हामीहरूले केही पनि लिन पाएनौं। खाद्यान्न समेत छाडेर हिँडेका थियौं,’ आफ्नो घर छाड्ने समयको सम्झना गर्दै उनले भनिन्।

थुप्रै भोका व्यक्ति भए पनि पर्याप्त मात्रमा सहयोग पुग्न सकेको छैन। त्यस कारण बच्चाहरू धेरै बिरामी पर्न थालेका छन्।

सैन्य जत्थाको आक्रमण र उनीहरूको हिंसात्मक गतिविधिका कारण खेतबारीमा गएर काम गर्ने हिम्मत कसैको छैन। कुपोषणको समस्या बढी रहेको छ। यसै समयमा हैजाको प्रकोप देखिएपछि त त्यहाँको अवस्था अझ बढी खराब भएको छ।

उनले छिमेकमा रहनेको लुगा सिएर यस बापत खाने कुरा पाउने गरेकी थिइन्। पछिल्लो आक्रमणमा उनको छिमेकी पनि सिकार भएका छन्। उनीहरू पनि घर छाडेर हिँडेका छन्। यसपछि त उनको उपाय भनेको सहयोग मात्र हो।

थुप्रै भोका व्यक्ति भए पनि पर्याप्त मात्रमा सहयोग पुग्न सकेको छैन। त्यस कारण बच्चाहरू धेरै बिरामी पर्न थालेका छन्। ‘यो इपिसेन्टर बनी सकेको छ। यहाँ धेरै गम्भीर केसहरू आउँछन्,’ स्वास्थ्य केन्द्रका संयोजक डा. जाफेत उडोकोउले भने।

अन्य धेरै चिकित्सकलाई झैं उनलाई पनि थप महामारीको डर लाग्न थालेको छ। समयलाई ख्याल राख्दै सचेत भएर भइरहेको त्यो अस्पतालमा सातामा सातामा यस्तै गम्भीर ४० बिरामीको उपचार हुँदै आएको छ।

उनका अनुसार आफ्नो क्षेत्रमा स्वास्थ्यका न्यूनतम आधार पनि नभएका कारण १ सय किलोमिटर टाढाबाट यात्रा गरेर त्यहाँ आउनको पनि कमी छैन। यी मध्यका धेरै जना माइदुगीरीको शिविरमा रहनेहरू छन्। त्यो शिविर बन्द भएपछि राहत पाउन छाडेका छन्। गाउँमा गएर खेती किसानी गर्न उनीहरूलाई बोका हरामको आक्रमणको डर छ।

पर्याप्त खाद्यान्न अभावका कारण बिमारी परेकालाई बचाउनकै लागि स्वास्थ्यकर्मीको दौडादौड छ।

खेतीपाती मुख्य सहरमा धेरै जना अल्झिएका छन्। प्राय सबै बच्चा बिरामी भएकाले उपचारमा व्यस्त छन्। खेतबारी फेरि पनि बाँझो भएका छन्। यस कारण यो भोकमरीको समस्या अझ लामो समय या अबको केही वर्षसम्म जाने निश्चित झै भएको छ।

कमजोर खाद्य अवस्थाको कारण समस्यामा परेका यस्ता बिरामी आइ नै रहेका छन्। चिकित्सक पनि त्यत्तिकै व्यस्त छन्। मूल सहरमा एकाध अस्पताल मात्र यसरी उपचार गर्न सक्षम छन्। बोर्नो प्रान्तको बामामा पनि यसरी स्थायित्व करणको प्रयास भइरहेको छ। पर्याप्त खाद्यान्न अभावका कारण बिमारी परेकालाई बचाउनकै लागि स्वास्थ्यकर्मीको दौडादौड छ।

३५ वर्षीय फातीमा बुकल आफ्ना तीन सन्तान कुपोषणकै कारण बितेको तथा बाँकी रहेका दुईलाई बचाउन ३५ किलोमिटरदेखि हिँडेर आएको बताउँछिन्। बामाको १६ बेडको स्वास्थ्य चौकीमा एकै पटक उपचार गराइरहेका २२ मध्ये उनका दुई सन्तान पनि हुन्।

सन् २०१५ मा सत्तासीन भएपछि राष्ट्रपति मोहम्मद बुहारीले बारम्बार भोकमरी हटाउने तथा शान्ति कायम गर्ने प्रतिबद्धता जनाए पनि त्यो पुरा हुन सकेको छैन।

उनको चार वर्षीया छोरीको गालमा खटिरा छ। आमा जब भाइलाई हेर्न अर्को तर्फ फर्किन्छिन्, उनी रुवाबासी गरिहाल्छिन्।त्यसको अगाडि रहेको अर्को एउटा बच्चाको अवस्था त्यत्तिकै नाजुक छ। बच्चा जलेको जस्तै देखिन्छ। यसलाई चिकित्सकीय भाषामा तेस्रो ग्रेडको ‘ओडेमा एन्ड डेर्माटोसिस’ भनिन्छ। सुरुमा छालामा दाग र खटिरा देखिने यो रोग विस्तारै शरीरभरी फैलिएपछि जलेको जस्तै देखिन्छ।

उक्त क्षेत्रमा सक्रिय चिकित्सक इब्राहिम मुहम्मदको अनुसार यस्ता रोगको कारण नै कुपोषण हो। ‘हामीले कुपोषणको सिकार भएका धेरैको उपचार गर्नुपर्छ। ती बामा शिविरमा रहन्छन्’, उनले भने। राहत वितरण कार्यमा संलग्न जोन मोकुसीया तत्काल ठूलो परिणाममा राहत वितरण नभएमा धेरै बच्चा मर्ने या विस्थापित हुने जोखिम बढ्दै जाने बताउँछन्।

सन् २०१५ मा सत्तासीन भएपछि राष्ट्रपति मोहम्मद बुहारीले बारम्बार भोकमरी हटाउने तथा शान्ति कायम गर्ने प्रतिबद्धता जनाए पनि त्यो पुरा हुन सकेको छैन। उनको शासनकालपछि उत्तरी क्षेत्रमा स्वयं सेवक दस्ताले इस्लामिक सैन्य सङ्गठनसँग पनि भिडेको थियो। त्यो भिडन्तमा धेरैको ज्यान पनि गइसकेको छ। उस्मानकै विचारमा त अझ खराब दिन पनि आउन सक्ने छन्।

बोका हरामको प्रभाव क्षेत्र उत्तर पूर्वी क्षेत्र मानिन्छ। तर, यसको मतलब यो होइन कि दक्षिणी क्षेत्र सुरक्षित छ। पछिल्लो वर्षदेखि दक्षिणी क्षेत्रमा हिंसा बढ्न थालेको छ।

लामो समयदेखिको इस्लामिक सैन्य सङ्गठन बोका हरामको गतिविधि पछिल्लो समय अझै बढेको छ। सन् २०२२ को पूर्ण तथ्यांक आउन त अझ बाँकी नै छ। तर, सन् २०२० को तुलनामा २०२१ मा नै नाइजेरियामा हिंसात्मक घटनामा ३० प्रतिशतले वृद्धि भएको थियो।

बोका हरामको प्रभाव क्षेत्र उत्तर पूर्वी क्षेत्र मानिन्छ। तर, यसको मतलब यो होइन कि दक्षिणी क्षेत्र सुरक्षित छ। पछिल्लो वर्षदेखि दक्षिणी क्षेत्रमा हिंसा बढ्न थालेको छ।

त्यहाँको सरकारले चासो नदिएमा अबको समयमा नाइजेरियाको जनजीवन अझै कठिन हुन सक्ने छ। सायद २०२२ को अन्त्यसम्ममा नाइजेरियाले धेरै बालबच्चालाई गुमाइ सकेको हुनेछ। स्रोत : बीबीसी, एक्लेडाटा

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ८ : ०९ बजे

पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण

काठमाडौँ- नेपाल पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस संक्रमण

सत्ता गठबन्धन बैठक : बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँड सिध्याउने

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज बेलुकीसम्म

आगामी निर्वाचनमा ६ हजार मतदाता थपिए 

सप्तरी– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा पाँच हजार

अयोध्याबाट आइपुग्यो राम राज्य रथ यात्रा

जलेश्वर- भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट आज ‘राम राज्य रथ

सवारी दुर्घटना बढ्दै

दोधारा चाँदनी–  बिहीबार साँझ महेन्द्रनगरस्थित बसपार्क नजिक बसको ठक्करबाट मोटरसाइकलमा