बारामा ४४ जनामा डेङ्गु पुष्टि, परीक्षण कीटको अभाव « Khabarhub

बारामा ४४ जनामा डेङ्गु पुष्टि, परीक्षण कीटको अभाव


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बारा – बारामा डेङ्गुको प्रकोप बढ्दै गएको छ। डेङ्गुका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ।

बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेङ्गुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए। उनका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेङ्गुका बिरामी फेला परेका छन्। केही उपचारपछि घर फर्केका छन् भने कतिपयको प्रदेशिक अस्पताल कलैयामा उपचार भइरहेको यादवले बताए।

डेङ्गु परीक्षण गर्न कीटको अभाव भएको छ। कीट आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी गराएको यादवले सुनाए। डेङ्गु अझै बढ्न सक्ने उनको भनाइ छ। बारामा डेङ्गुबाट अहिलेसम्म कोहीको पनि मृत्यु भएको छैन। डेङ्गुबाट बच्न घर वरपर सरसफाइ, पूरै शरीरभरि कपडा लगाउन, खाल्डाखुल्डीमा पानी जम्न नदिन र सावधानी अपनाउन प्रदेशिक अस्पताल कलैयाका डा विकेश पाण्डेयले सुझाव दिएका छन्।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ७ : ०९ बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक