‘नयाँ पर्यटन गन्तव्यको खोजी गरेर व्यवस्थित गरौँ’ « Khabarhub

‘नयाँ पर्यटन गन्तव्यको खोजी गरेर व्यवस्थित गरौँ’

‘टिप्समा पर्यटन बुझ्ने र व्यवस्थापनमा अब कम्प्रोमाइज गर्नु हुँदैन’


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नेपाल सरकार र पर्यटन व्यवसायी, सरोकारवाला सबैले ख्याल गर्नुपर्ने कुरा भनेको एउटा मास टुरिजममा जाने कि क्वालिटी टुरिजममा जाने भन्ने हुन्छ। सरकारले पर्यटन क्षेत्रमा विशेष योजना गरेर अगाडि बढ्नुपर्छ। मास टुरिजममा जाने हो भने नेपाल सरकार र हामीले केही कुरामा ध्यान दिनैपर्छ।

पहिलो भनेको पर्यटन क्षेत्रको सुधारका लागि सरकारले गर्नुपर्ने काम धेरै छन्। तर सरकारले प्रभावकारी रुपमा केही काम नगरेको देखिन्छ । संरचनागत काम धेरै भएपनि व्यवहारिक काम र पर्यटकले देख्ने गरि सरकारी तवरबाट काम भएका छैनन्।

सरकारले धेरै काम गरेपछि व्यवसायीले पनि त्यसलाई पछ्याउनुपर्छ। अनि मात्रै हातेमालो गरेर पर्यटन विकासमा लाग्न सकिन्छ। अर्को भनेको पर्यटनमा लाग्ने उचित करको व्यवस्थापन गर्न आवश्यक छ । पर्यटनमा लाग्ने कर व्यवस्थापन गर्न सकेमा मात्रै व्यवसायीलाई प्रोत्साहन हुन्छ । केही गरौँ भनेर लागेका व्यवसायीलाई पनि साथसाथै लगेमा सरकारको काम देखिन्छ।

पछिल्लो समय टुर प्याकेजहरु सञ्चालन भइरहेका छन् । तर प्याकेज महंगा महंगा छन् । जसले पर्यटकलाई एकपटक घुमघाम गर्न पनि धेरै सोच्नुपर्ने हुने भएको छ । आन्तरिक पर्यटकलाई लक्षित गरेर टूर प्याकेज ल्याउन सकेमा राम्रो हुन्छ होला। आन्तरिक पर्यटकका लागि टूर प्याकेज ल्याउँदा न्यूनतम मूल्य हुनु पर्दछ। विदेशीका लागि त अहिले भएको प्याकेजले पनि राम्रै गर्छ।

हामीले नेपालमा आन्तरिक पर्यटनको वृद्धिका लागि गर्नुपर्ने अर्को काम भनेको गन्तव्यको खोजी हो । नयाँ नयाँ गन्तव्यको खोजीका लागि धेरै काम गर्नुपर्ने आवश्यकता छ । गुणस्तरीय र पर्यटकले रुचाउने गन्तव्यको पहिचान गर्न सबै लाग्न जरुरी छ।

सरकारले नेपाल आउने सम्पूर्ण पर्यटकलाई २०० मिटर उचाइ भन्दामाथि जानुपर्दा कम्पनीमार्फत प्राप्त पर्मिट लिएर मात्रै जाने व्यवस्था लागू गर्नुपर्छ। त्यसले पर्यटकको रेकर्ड राख्न सजिलो हुन्छ । अनि त्यो अनुसार प्राप्त हुने राजश्वले पनि राज्यलाई फाइदा गर्छ। अहिले लहडका भरमा एउटा गन्तव्यमा पुगेका पर्यटक अरु ठाउँ पनि पुगिरहेका छन् । यो कुरालाई ख्याल गर्नुपर्छ।

पछिल्लो समय महत्वपूर्ण भनेको पर्यटनलाई हल्का रुपमा लिन बन्द गरौँ । पर्यटन एक साहसिक र महत्वपूर्ण काम हो । सामान्य रुपमा टिप्सका रुपमा पर्यटन बुझ्ने र व्यवस्थापनमा फितलो गर्ने काममा अब कम्प्रोमाइज गर्नु हुँदैन । सही रूपले व्यवस्थापन गर्नुपर्‍यो।

जस्तो काठमाडौँबाट रारा घुम्न जानुभन्दा युएईको दुबई घुम्न जानु पर्‍यो भने सस्तो पर्दछ। यो समाधान गर्नु पर्दछ। यस्तो पनि हुन्छ। नेपाली पर्यटकका लागि दुबई सस्तो हुने । तर रारा महंगो हुने भएपछि कसरी हुन्छ नेपाली पर्यटनको विकास ? यसलाई ठीक ढंगले व्यवस्थित गर्नुपर्छ।

अहिले ७ वटा प्रदेश छन् । ७ किसिमको नियम र बजेट ल्यायो भने के हालत होला? पालिकाले सबैले आ–आफ्नो नियम राख्ने हो भने त हामी साधारण एउटा अन्नपूर्ण ट्रेकिङ जाँदा कति वटा गाउँपालिका प्रवेश गर्दै जानु पर्दछ।

त्यसैले एउटै नियम ल्याउनु पर्दछ। बागमती प्रदेशले १५ देखि २५ लाख बनायो। त्यो हामीले स्वीकार गर्‍यौँ। त्यसपछि २५ बाट ५० बनाउने प्रक्रियामा लाग्नु भएको छ। यो कति आवश्यक छ । कति अनावश्यक छ एकपटक बहस गर्न जरुरी छ।

अहिले पर्यटन नीति निर्माण गर्न पनि चुनौति छ । तल व्यवसायीसँग सरसल्लाह भएर ड्राफ्ट जान्छ । तर भोलि साइन भएर आउँदा अर्को भएर आउँछ। यो कर्मचारीको गल्ती भनौँ कि सरकारले नियन्त्रण गर्न नसकेको हो ? त्यसलाई सुधार गर्नुपर्छ। यसरी सबैको स्वार्थले नेपालको पर्यटन विकास हुँदैन ।

(खबरहबले आयोजना गरेको ‘नेपालमा पर्यटन विकास बहस’ कार्यक्रममा ग्रामीण पर्यटन विकासमा काम गर्ने संस्था भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले राखेको धारणाको सम्पादित अंश)

[प्रस्तुति : पुष्पाञ्जली बस्नेत]

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  १० : ०१ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष