बसको ठक्करबाट एक वृद्धाको मृत्यु  « Khabarhub

 बसको ठक्करबाट एक वृद्धाको मृत्यु 


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको सूर्यविनायक चोकमा आज बिहान बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भक्तपुर नगरपालिका-१ की ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छिन् । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा  इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको हो । 

सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बसले आज बिहान ८ बजे पैदल हिडिरहेकी वृद्धालाई ठक्कर दिएको थियो । 

बस सहित चालकलाई प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  १२ : ३४ बजे

नेपाली सेनाको तीनवटा हेलिकप्टर उद्दारमा परिचालन

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको उद्दारमा नेपाली सेनाले

टिमुरेबासीको हारगुहार- हामी २०० जनाजति उद्धारको पर्खाइमा छौँ, हेलिकप्टर आकाशमा घुमिरहेका छन्

काठमाडौं- रसुवाको टिमुरे बजारमा बाढीका कारण करिब २०० जना उद्धारको

बाढीपीडितको उद्धारमा निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने

काठमाडौं– तिब्बतबाट आएको भीषण बाढीले रसुवा हुँदै नेपालका विभिन्न क्षेत्रमा

एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ युवकको मृत्यु

जनकपुरधाम– गत एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएकाहरू मध्येबाट 

धादिङको गल्छी–बैरेनी बजारमा क्षति 

काठमाडौं– रसुवामा आएको बाढीले धादिङको गल्छी–बैरेनी बजारमा क्षति पुर्‍याएको छ