फलामको पाइप लागेर एक जनाको मृत्यु « Khabarhub

फलामको पाइप लागेर एक जनाको मृत्यु


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– सूर्यविनायक नगरपालिका ८ जगातीस्थित समानान्तर कंक्रिट उद्योगमा काम गर्ने क्रममा फलामको पाइप खसेर लागेपछि एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बर्दिया बारबर्दिया नगरपालिका-७ घर भई सोही उद्योगमा कार्यरत २४ वर्षीय विवेक चौधरी रहेका छन् ।

फलामको पाइपले लागेर घाइते भएका चौधरीको उपचारको क्रममा नागरिक कम्युनिटी टिचिङ अस्पताल गठ्ठाघरमा मृत्यु भएको प्रहरीले जनाएको हो । फलामको पाइप खसेर लाग्दा अर्का एक जना घाइते भएका छन् ।

घाइते हुनेमा बर्दिया बारबर्दिया नगरपालिका-७ घर भई सोही उद्योगमा काम गर्ने १९ वर्षीय प्रमोद चौधरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

अन्दाजी ३ मिटर लामो कंक्रिट पेल्ने फलामको पाइप बिग्रिएपछि मर्मत गर्ने क्रममा सोही पाइप खसेर दुर्घटना भएको बताइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ६ : ३१ बजे

सरोज स्मृति कप भलिबलको उपाधि मेलम्चीलाई

चौतारा– प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची

निर्वाचन आयोगलाई अर्थमन्त्रीले भने- कम खर्चमा चुनाव सम्पन्न गराऔँ

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड

नेकपा केन्द्रीय सदस्य रायसहितको टोली जसपा नेपालमा प्रवेश

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व श्रममन्त्री रामेश्वर

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै

काठमाडौं- नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१

आनाको फिल्म ‘रमिताको पिरती’मा कुशलको र्‍याप

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’को शीर्ष