निर्वाचन आयोगलाई अर्थमन्त्रीले भने- कम खर्चमा चुनाव सम्पन्न गराऔँ « Khabarhub

निर्वाचन आयोगलाई अर्थमन्त्रीले भने- कम खर्चमा चुनाव सम्पन्न गराऔँ


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड दिएका छन् ।  निर्वाचन आयोगका पदाधिकारीसँग आइतबार भएको छलफलमा खनालले कमभन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्नेमा जोड दिए । 

यद्यपि उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न  आवश्यक स्रोतसाधन जुटाउने प्रतिबद्धता व्यक्त गरे । अर्थमन्त्रीले सरकारको ध्यान निर्वाचनमा केन्द्रित भएको र आयोग त्यसमा अहोरात्र खटेकामा सबै पदाधिकारी र कर्मचारीको सराहना गरे । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यथाशीघ्र निर्वाचन आचारसंहिता लागू हुने जानकारी दिँदै त्यस सम्बन्धमा मन्त्रिपरिषद् र उच्च पदस्थ अधिकारीहरूलाई अवगत गराइने  बताए । 

 त्यस अवसरमा आयुक्तद्वय सगुनशम्शेर जबरा र जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत आयोगका उच्च अधिकारीले अर्थमन्त्रीलाई निर्वाचन तयारीबारे गराएका थिए ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  २ : ४९ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी