रेडपाण्डा संरक्षण गर्न कुकुरको बन्ध्याकरण « Khabarhub

रेडपाण्डा संरक्षण गर्न कुकुरको बन्ध्याकरण


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ – दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपाण्डा संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण, रेबिजविरुद्धको खोप र भिटामिन दिइएको छ । कुकुरको आक्रमणबाट रेडपाण्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण, खोप, भिटामिन र जुकाको औषधि दिइएको हो ।

रेडपाण्डा पाइने क्षेत्र वा बासस्थान नजिकैका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपाण्डामाथि आक्रमण हुने गरेको छ । कुकुरको आक्रमणका कारण दुर्लभ रेडपाण्डाको अस्तित्व थप सङ्कटमा पर्दै गएपछि रेडपाण्डा संरक्षण गर्ने उद्देश्यले कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान थालिएको हो ।

रेडपाण्डाको संरक्षणमा क्रियाशील संस्था रेडपाण्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले कुकुरको बन्ध्याकरण अभियान थालेको हो । रेडपाण्डाको संरक्षण गर्नलाई कुकुर नियन्त्रण गर्न आवश्यक देखिएपछि स्थानीय तहसँग समन्वय गरेर विगत छ वर्ष अघिदेखि नै बन्ध्याकरण अभियान थालिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।

रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सुरु गरिएको अभियानअन्तर्गत फुङ्लिङ नगरपालिका–११ फुरुम्बुमा १३ वटा कुकुरको बन्ध्याकरण गरिएको मञ्चले जनाएको छ । गत वर्ष ८५ वटा कुकुरको बन्ध्याकरण गरिएको राईले जानकारी दिए । बन्ध्याकरणसँगै कुकुरलाई रेबिजविरुद्ध खोप र भिटामिन पनि खुवाउन थालिएको छ । कुकुरलाई दिइने खोप र भिटामिनले पनि रेडपाण्डा संरक्षणमा सघाउ पुग्ने मञ्चले जनाएको छ ।

कार्यक्रम संयोजक राईका अनुसार कुकुरको शरीर स्वस्थ भई मोटाउने र भद्दा हुने भएपछि शिकार गर्न नरुचाउने हुँदा रेडपाण्डा संरक्षणमा सहयोग पुग्नेछ । रेडपाण्डा पाइने नजिक क्षेत्रका गाउँमा रहेका कुकुर र बिरालो समेतलाई रेबिजविरुद्धको खोप लगाउनुका साथै भिटामिन खुवाउन थालिएको राईले बताए ।

उनका अनुसार गत हप्ता मात्र चार सय तीन वटा कुकुर र ४२ वटा बिरालोलाई रेबिज रोगविरुद्ध खोप र भिटामिन उपलब्ध गराइएको छ । रेडपाण्डा पाइने फुङ्लिङ–११ फावाखोला क्षेत्रमा २७ वटा कुकुर र पाँच वटा बिरालोलाई रेबिज रोगविरुद्धको खोप लगाइएको र उक्त कुकुरलाई भिटामिन पनि खुवाइएको छ ।

फुङ्लिङ–१० फुरुम्बु क्षेत्र र पाथीभरा क्षेत्र गरी एक सय १७ वटा कुकुर र दुई वटा बिरालोलाई रेबिजविरुद्ध खोप र भिटामिन दिइएको छ । पाथीभरा याङवरक गाउँपालिका–३ तिरिङ्गे र थेचम्बु क्षेत्रमा ६४ वटा कुकुर र दुई वटा कुकुरलाई खोप र भिटामिन दिइएको मञ्चले जनाएको छ ।

सिरिजङ्गा गाउँपालिका सिकैचा, खेवाङ र याम्फुदिन क्षेत्रमा एक सय ६५ वटा कुकुर र २३ वटा बिरालो रेविजविरुद्धको खोप र जुकाको औषधि साथै भिटामिन उपलब्ध गराइएको छ । मिक्वाखो गाउँपालिकाको साँवा र पापुङ क्षेत्रमा २९ वटा कुकुर र पाँच वटा बिरालोलाई बिरालो रेबिजविरुद्धको खोप र जुकाको औषधि साथै भिटामिन उपलब्ध गराइएको मञ्चका सचिव विवश केदेमले जानकारी दिए ।

केदेमका अनुसार रेबिज रोगविरुद्ध खोप लगाएको र भिटामिन खुवाएका अधिकांश कुकुर घरपालुवा छन् भने केही सामुदायिक कुकुर रहेका छन् । रेडपाण्डाको चरन क्षेत्र तथा बासस्थान नजिकै रहेको घरपालुवा र सामुदायिक कुकुर तथा बिरालोलाई रेबिजविद्धको खोप, जुकाको औषधि र भिटामिन उपलब्ध गराइएको पनि मञ्चले जनाएको छ ।

मञ्चले रेडपाण्डा बासस्थान नजिकै रहेको कुकुर बिरालोलाई विगत पाँच वर्षदेखि बन्ध्याकरण गर्ने, जुकाको औषधि र भिटामिन जस्ता औषधि उपलब्ध गराउँदै आएको छ । गत वर्ष ८५ वटा कुकुरको बन्ध्याकरण गरिको थियो । चार सय १४ वटा कुकुर र १९ वटा बिरालोलाई रेबिज रोगविरुद्ध खोप, जुकाको औषधि र भिटामिन उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ९ : १५ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज