पिसाब चुहिने समस्या आजको भोलि सञ्चो हुँदैन | Khabarhub Khabarhub

पिसाब चुहिने समस्या आजको भोलि सञ्चो हुँदैन



काठमाडौं – पछिल्लो समय महिला प्रजनन धेरै समस्या देखिन थालेका छन् । त्यसैमध्ये धेरैलाई सताएको छ पिसाब चुहिने समस्या । पिसाब चुहिने समस्याले शारीरिक मात्र नभई मानसिक रूपमा पनि उत्ति नै समस्या सिर्जना गराउने गरेको छ । सामाजिक कार्य र दैनिक कार्यमा यो समस्या तगारो बनेको छ । यसै विषयमा आधारित भएर युरोजोजिष्ट डा. अमित शाहसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

पिसाब चुहिने समस्यालाई हामीले कसरी बुझ्ने ?
हाम्रो समाजमा महिलाहरूले आफूमा भएको यो समस्या लुकाएर राखेको हुनाले यो पिसाब चुहिने समस्या धेरै फैलिएको र बढेको छ । त्यसैले माहिला आफू कुनै काममा बाहिर जान परे पहिला काम भन्दा पनि पहिला टवाइलेट खोज्नु हुन्छ । यो समस्या ४० वर्ष कटेपछि वा महिनावारी रोकिएपछि धेरै देखा पर्दछ ।

यो समस्या पछाडिका कारण के के हुन् त ?
सबै भन्दा पहिला कति कसिमका पिसाब चुहिने समस्या छन् भनेर थाहा पाउनु पर्दछ । पहिलो नम्बरमा तनाव मूत्र असंयम भन्छौँ यसमा हाँस्दा, खोक्दा, उठ्दा हुन्छ । यो किन हुन्छ भने जसले (३ वा धेरै ) बच्चा जन्माएको छ र नर्मल बच्चा जन्माएको छ, लामो समय बेथा लागेको समय लामो समय रहेको छ भने यो समस्या हुन्छ । अर्को, मूत्र असंयम यसमा पिसाब थैलीमा पिसाब आउने बित्तिकै बाथरुम जानै पर्ने एकै छिन पनि रोक्न नसक्ने हुन्छ । अर्को, अति सक्रिय मूत्राशय जुन २० देखि ३० वर्षको महिलाहरू जस्तो (बैंकमा काम गर्ने हिँड्ने ) मा धेरै हुन्छ । यो ब्रेनबाट इम्पल्सहरु आएर मूत्राशयलाई नियन्त्रण गरेको हुन्छ । त्यो सिस्टममा समस्या आयो भने अब मेरो पिसाबको थैली भरियो भन्ने हुन्छ । पिसाब गर्न हतार हुने र बारम्बार पिसाब लाग्ने समस्या स्टोन र पिसाबको इन्फेक्सनको कारणले पनि हुन्छ । त्यसैले हामीले महिलामा जाँच गरेर के भएको हो भनेर थाहा पाउँछौँ ।

कम उमेरमा पनि यो हुनुका अरु कारणहरू के के हुन सक्छन् ?
२० देखि ३० वर्षको महिलामा अति सक्रिय मूत्राशय भन्ने समस्या कम्तीमा पनि ३० प्रतिशत भन्दा धेरै देखिन्छ । यसमा हामीले हेर्ने भनेको पिसाबको समस्या हो । यो विशेष गरी धेरै हिँड्ने महिलामा हुन्छ, उहाँहरू पब्लिक ट्वाइलेटको प्रयोग गर्नु हुन्छ । पब्लिक ट्वाइलेटको प्रयोग गरेपछि महिलामा पिसाबको इन्फेक्सन हुने चान्स धेरै हुन्छ । त्यसैले यो पिसाब चुहिने समस्या र पिसाबको इन्फेक्सनलाई हामी नङ र मासुको समस्या भन्न सक्छौँ । महिलामा पिसाब गर्ने ठाउँ महिनावारी हुने र मलद्वार एकै ठाउँमा वा आस्वासमा छन् । त्यसैले यो तिन मध्ये कुनै एकमा समस्या आयो भने त्यो अर्कोमा जानसक्छ । कसैमा कब्जियतको समस्या पाठेघरको समस्या सेतो पानी बग्ने समस्या छ भने पनि पिसाब चुहिने समस्या हुनसक्छ ।

यो समस्यालाई लुकाएर समयमा अस्पताल गएन भने पछाडिको जोखिम कस्तो हुनसक्छ ?
हाम्रो समाजमा महिलालाई सहरी महिलाहरूले त यो समस्या बारे विभिन्न सामाजिक संजालका माध्यमबाट हेरेर यो उपचार गर्नु पर्ने रहेछ भन्ने थाहा छ तर ग्रामीण भेगका महिलाहरूमा यो पिसाब चुहिने समस्या भनेको उमेर सँगै हुने समस्या हो भन्ने धारण छ ।
त्यसैले हामीले पहिला अस्पतालहरूमा, स्वास्थ्य चौकीमा, स्वयंसेवकमा नै भन्नु पर्दा यो एउटा समस्या हो यसको उपचार सम्भव छ भनेर भन्नु पर्यो । आज भन्दा ५ वर्ष अगाडि यो पिसाब चुहिने समस्याको बारेमा थाहा र जानकारी भएकै थिएन । यो अहिले मिडियाले बाहिर ल्याउँदै छन् ।

कम उमेरमा यो समस्या भएर उपचार गरेपछि यसले असर गर्छ कि गर्दैन ?
सबै भन्दा ठूलो असर भनेको साइकोलोजिकल समस्या हो किन भने कुनै महिलालाई पिसाब हतार र हतार लाग्छ भने उसले धेरै सोच्न थाल्छ । त्यसैले हामीले अस्पतालमा आएपछि साइकोलोजिकल डाक्टरसँग परामर्श लिएर नै गरिन्छ । धेरै शारीरिक भन्दा पनि मानसिक समस्या लिएर नै आउने भने संख्या धेरै छ ।

अस्पताल गएपछि उपचार कसरी गरिन्छ त ?
सबै भन्दा पहिला हामीले यो पिसाब चुहिने समस्या के कारण ले छ भनेर पिसाबको जाँच भिडियो एक्स–रे हरू गरेर हेर्छौ । त्यसपछि महिलाले गर्भावस्थामा हुँदा तौल मेन्टेन गर्नु भएको छ भने तौल लुज गर्नै पर्यो। तौल लुज गरेपछि उहाँको पिसाब थैलीको वरिपरि रहेको पेल्विक फ्लोर मसल्सहरु जुन छ । त्यसमा प्रेसर कम पर्दछ । पेल्विक फ्लोर व्यायाम फिँजियो थेरापिष्टको सहयोगमा घरमा नै गर्न सकिन्छ । यो समस्या आजको भोलि नै त ठिक भइहाल्दैन । समय लाग्छ केही समय । कतिपय महिला एक महिना जति व्यायाम गर्नु हुन्छ र यो निको भएन भनेर छोड्नु हुन्छ त्यसरी छोड्दा जति निको हुँदै गएको थियो । त्यो फेरि बल्झिन्छ । औषधिहरू पनि धेरै आएका छन् अहिले । कुन कारणले यो समस्या भएको हो त पत्ता लगाएर औषधिले काम गरेन भने सर्जरी पनि गरिन्छ ।

यो समस्या नहोस् भनेर हामीले पहिला नै कस्तो सावधानी अपनाउने ?
सबै भन्दा पहिला आफ्नो स्वास्थ्यमा ध्यान दिने सार्वजनिक ट्वाइलेटको धेरै प्रयोग नगर्ने, महिनावारी हुँदा स्यानेटरी प्याडको प्रयोग गर्ने, श्रीमान् श्रीमतीको सम्बन्ध पछि तुरुन्तै सफा गर्ने, कुनै पानी बग्ने समस्या छ भने सुरुमा नै उपचार गर्ने । पानी प्रशस्त खाने गर्मीमा ३ देखि ४ र जाडोमा १ देखि २ लिटर पानी पिउनु पर्दछ । चिया कफीको मात्रा कम गर्ने, नियमित रूपमा दैनिक ३० मिनेट व्यायाम गर्ने, घरमा महिला बालबालिका र घर परिवारलाई समय दिनुहुन्छ र आफ्नो लागि समय दिनु हुन्न र समस्या झन् बढेको छ ।

एउटा युरोलोजिष्ट भएको नाताले के सन्देश दिन चाहनु हुन्छ ?
कुनै पनि समस्या छ भने लाज नमानी उपचारमा लाग्नु होला भन्न चाहन्छु ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ७ : १९ बजे

चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै

बागमती – हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि

बाबु–छोरा कोठामै मृत फेला, एक छोरा बेपत्ता

भक्तपुर– भक्तपुरको बालकोटस्थित आफ्नै कोठामा बाबु–छोरा मृत फेला परेका छन्

आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन सिफारिस 

काठमाडौं– चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह

राष्ट्रपति समक्ष पाँच राजदूतले लिए शपथ

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त

रवि लामिछानेसहित पाँचजनाको मुद्दा न्यायाधीश नितिज राईको इजलासमा

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित पाँच