रानीमहल नियाल्दै ‘र्‍याफ्टिङ सरर’ | Khabarhub Khabarhub

रानीमहल नियाल्दै ‘र्‍याफ्टिङ सरर’


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

बाँके – नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्‍याफ्टिङ) नखेली मनले मानेन। पहिलो पटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्‍याफ्टिङको आनन्द लिए। ‘पहिला त निकै डर लागेको थियो, पछि आनन्द महसुस भयो’, पौडेल भन्छन्, ‘प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न रानीमहल क्षेत्र राम्रो गन्तव्य रहेछ।’

तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल ढुङ्गेचट्टानमा अवस्थित छ। यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जलयात्रा सुरु गरिएपछि पर्यटकहरु आकर्षित भएका हुन्। रानीमहलमा दैनिक दुई सयभन्दा वढी आन्तरिक तथा बाह्य पर्यटकहरु भ्रमण गर्ने गर्दछन्। जसमा दैनिक १५ देखि २० जनाले साहसिक जलयात्रा गर्दछन्।

स्याङ्जा विर्घाकी १६ वर्षीय नितिसा पाण्डेले चार पटक रानीमहल भ्रमण गरे पनि साहसिक जलयात्रा भने गरेका थिएनन्। उनी भन्छन्, ‘मेरो घर नजिकै भएर पनि यहाँ (र्‍याफ्टिङ) सुविधा छ, भन्ने थाहा थिएन।’ चौथो पटक रानीमहल आउँदा अरू साथीहरुले जलयात्रा गरेको देखेर आफूले पनि यसको मज्जा लिएको उनी बताउँछन्।

तेजकुमारी एडभेन्चर प्रालिले रानीमहलदेखि रीडी (रुरु धाम) सम्म साहसिक जलयात्रा चलाएको छ। रानीमहल सेरोफेरो एक किलोमिटरमा रु पाँच सय र रुरुधामसम्म रु दुई हजार शुल्क तिरेर साहसिक जलयात्रा गराइएको सञ्चालक कृष्ण क्षेत्री बताउँछन्। जलयात्राका लागि दुईवटा बोट सञ्चालनमा छन्। सुरक्षालाई कायक, हेलमेट, लाइफ ज्याकेट र बीमाको व्यवस्था गरिएको छ। ‘र्‍याफ्टिङ भनेपछि पर्यटक डराउने गर्नुहुन्छ’, क्षेत्री भन्छन्, ‘सबैखाले सुरक्षा प्रबन्ध, पानीको बहाव अध्ययन गरेर मात्र खेलाइन्छ।’

प्रेमको प्रतीक र नेपालको ताजमहल भनेर चिनिने रानीमहलमा उदाउँदो र अस्ताउँदो सूर्यसँगैको रानीमहल हेर्न पर्यटक आउँछन्। कालीगङ्गाको तटमा बसेर रानीमहललाई नियाल्दै, सांसारिक दुःख, कष्ट र सुर्तालाई भुल्न प्रेम गर्ने जोडीहरु यहाँ आउछन्। यहाँ सञ्चालित साहसिक जलयात्रालाई व्यवस्थित गर्न सीमाना जोडिएका तानसेन नगरपालिका, बगनासकाली र कालीगण्डकी गाउँपालिकाले दीर्घकालीन योजना बनाएका छन्। बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीका अनुसार रुरुधामदेखि रानीमहल र रानीमहलदेखि राम्दीसम्म साहसिक जलयात्रा सञ्चालन गर्ने योजना छ।

अग्ला पहाडको खोँचबाट कालीगण्डकी नदी रानीमहलको आड भएर बहन्छ। उत्तरतर्फ बग्ने भएकाले यसलाई उत्तरवाहिनी नदीका नामले समेत चिनिन्छ। जिल्ला सदरमुकाम तानसेनबाट नजिक भएर पनि मोटरबाटोको असुविधाले आन्तरिक पर्यटकको रोजाइमा रानीमहल कम पर्ने गर्दथ्यो। पछिल्लो समय मोटरबाटोको स्तरोन्नतिले यातायात सहज भएपछि आन्तरिक पर्यटकको रोजाइमा यो क्षेत्र पर्ने गरेको छ। पाल्पाको तानसेनमा प्याराग्याइडिङ र रिब्दीकोट–४ भैरवस्थानमा जिपलाइन जस्ता अन्य साहसिक खेल सञ्चालन हुँदै आएका छन्।

-रासस

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : ३० बजे

रास्वपाले आज काठमाडौं र पोखरामा प्रदर्शन गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ

ढकमक्क सयपत्री

दाङ– वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही

कठिन बन्दै मध्यपूर्वमा शान्ति स्थापना

याया सिनावरको मृत्यु हमासका लागि गम्भीर धक्का हो। तर, यसको

सिर्सिया सुक्खाबन्दरगाहबाट तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन

खुर्कोटको पुल निर्माणमा तीव्रता

रामेछाप– रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रुपमा रहेको खुर्कोटको