कुम्भकार माटोको भाँडा बनाउन र बिक्री गर्न व्यस्त « Khabarhub

कुम्भकार माटोको भाँडा बनाउन र बिक्री गर्न व्यस्त


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इनरुवा – एक बिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा–२ मा रहेका कुम्भकारहरु कोही माटो मुछ्न त कोही माटोको भाँडा बनाउन व्यस्त हुन्छन्। उनीहरु सबैको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहज रुपमा पुर्‍याउने।

सदरमुकाम इनरुवा, लौकही, हरिपुर लगायतका स्थानमा रहेका कुम्भकारले स्थानीयको चाडपर्व सहज बनाउने उद्देश्यले माटोको भाँडा बनाउने काममा व्यस्त बनेको स्थानीय श्रीप्रसाद पण्डितले बताए। कुम्भकार समुदायले दीपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियोसहितका विभिन्न किसिमका भाँडाकुँडा बनाउने र बिक्री गर्ने काममा व्यस्त बनेको पाइएको छ।

भाँडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ताअगाडि देखि नै माटोको जोहो गर्ने गरिन्छ। एक महिनाअगाडि सम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाँडो बनाउनमा ढिलो हुने भएकाले अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीय देवनारायण पण्डितको भनाइ छ।

नजिकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा उनीहरुको दिनचर्या व्यस्त बनेको छ। दीपावली तथा छठ पर्वमा दियो, चौमुखे दियो, कलश लगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरु सामान बनाउने काममा लागेको स्थानीय सियाराम पण्डितको भनाइ छ।

पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडा बनाउने रहेकाले सो कार्यमा व्यस्त बन्ने गर्छन्। पर्वलाई उल्लासमय बनाउन सहयोग गर्ने उद्देश्यले काम केही दिनअगाडि देखि नै गरे पनि निकै चुनौतीसमेत रहेको कुम्भकार समुदायको नेता ज्ञानदेव पण्डितले बताए।

प्रजापति समुदायका व्यक्तिले हात तथा मेसिनबाट भाँडो बनाई गाउँघरदेखि सहरसम्म बेच्न लान्छन्। उनीहरुको पेसालाई सरकारी पक्षले संरक्षण गर्नका लागि ध्यान दिनु जरुरी रहेको इनरुवाका सरोकारवालाहरुले बताएका छन्।

कोरोना महामारीका कारणले विगतका वर्षमा माटोको भाँडाको कारोबार कम भएको थियो। यसपटक माटोको कारोबारमा वृद्धि भए पनि बजारमा आएका विभिन्न किसिमको प्लास्टिक तथा विद्युत्को सामग्रीले झन् समस्या र चुनौती थपिँदै गएको कुम्भकार समुदायको भनाइ छ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १० : ०५ बजे

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका