आयरल्यान्ड सुपर १२ मा, वेस्ट इन्डिज बाहिरियो « Khabarhub

आयरल्यान्ड सुपर १२ मा, वेस्ट इन्डिज बाहिरियो


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दुई पटकको विश्व विजेता वेस्ट इन्डिज अस्ट्रेलियामा जारी २० विश्वकप क्रिकेटबाट बाहिरिएको छ।

शुक्रबार राति आयरल्यान्डसँग नौ विकेटले पराजित भएसँगै वेस्ट इन्डिजको सुपर १२ पुग्ने सम्भावना सकिएको हो। एक सय ४७ रनको लक्ष्य आयरल्यान्डले १७.३ ओभरमा मात्र एक विकेट क्षतीमा भेट्टायो। आयरल्यान्डका लागि पाउल स्टर्लिङले अविजित ६६ र लोकान टर्करले अविजित ४५ रन जोडे।

यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रनको योगफल तयार पारेको थियो। वेस्ट इन्डिजका ब्रान्डन किंगले अविजित ६२,जोन्सन चाल्र्सले २४ रन जोडे। आयरल्यान्डका गारेथले ३ विकेट लिए।

सन् २०१२ र २०१६ को टी २० विश्वकप विजेता वेस्ट इन्डिज यस पटक भने समूह चरणबाट बाहिरिएको हो। समूह बी बाट ३ खेलमा २ जितपछि ४ अंकसहित शीर्ष स्थानमा बस्दै सुपर १२ मा प्रवेश गरेको छ। ३ खेलमा २ अंक मात्र जोडेको वेस्ट इन्डिजको यात्रा समूह चरणबाट माथि उठ्न सकेन। दोस्रो स्थानको स्कटल्यान्ड र जिम्बाब्वेको समान २ अंक छ। यी दुई बीचको विजेताले पनि सुपर १२ स्थान बनाउने छ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : ५२ बजे

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं– गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न बौद्ध घ्याङ

इजरायलमा इरानी हमला, घरको भग्नवाशेषभित्र दुई शव भेटिए

जेरूसेलम- इजराइलको हाइफा शहरमा इरानी मिसाइल आक्रमणपछि भग्नावशेषबाट २ जनाको

कलाकार ‘बले’ प्रकरण : आरोप थियो बलात्कारको, म्याद थपियो अभद्र व्यवहारमा

काठमाडौं- अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ परेका ‘बले’ नामले चिनिने कलाकार

टुँडिखेलमा घाँसे मैदान निर्माण कार्य सुरु (तस्बिरहरू)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर)

इजरायलमा इरानको मिसाइल आक्रमण जारी

हाइफा– इजरायली फायर फाइटरहरूले उत्तरी शहर हाइफामा एक आवासीय भवनमा