इमरान खान आगामी पाँच वर्ष चुनाव लड्न नपाउने « Khabarhub

इमरान खान आगामी पाँच वर्ष चुनाव लड्न नपाउने


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्ष चुनाव लड्न नपाउने गरी लगाएको छ।

गठबन्धन सरकारले विदेशी प्रतिष्ठित व्यक्तिहरूबाट पाएको उपहार बिक्रीबाट प्राप्त रकमको विवरण सार्वजनिक नगरेको आरोप लगाउँदै उक्त आदेशको माग गरेको थियो। सोही अनुसार आयोगले गैर कानुनी रूपमा उपहार बेचेको आरोपमा सार्वजनिक पदमा बस्नबाट रोक लगाइदिएको हो।

खानले यसअघि यो मुद्दा राजनीतिक रूपमा प्रेरित भएको बताएका थिए। उनका वकिलहरूले आयोगको फैसलालाई उच्च अदालतमा चुनौती दिने बताएका छन्। निर्वाचन आयोगको पाँच सदस्यले गरेको सर्वसम्मत निर्णय पूर्व प्रधानमन्त्रीका लागि ठूलो झट्का भएको बीबीसीले टिप्पणी गरेको छ।

उनले गत महिना प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा प्राप्त गरेका कम्तीमा चार उपहारहरू बेचेको स्वीकार गर्दै सो रकम आफ्नो आयकर रिटर्नमा समावेश गरिएको बताएका थिए। उपहारहरूमा रोलेक्स घडीहरू, एउटा औँठी र कफ लिङ्कहरूको एक जोडी समावेश थियो। सरकारी अधिकारीहरूले ओहदामा हुँदा प्राप्त सबै उपहारहरू घोषणा गर्नुपर्छ तर तिनीहरूलाई निश्चित मूल्यभन्दा कम राख्न अनुमति दिइन्छ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १० : २६ बजे

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले