स्थानीयमा लोकप्रिय बन्दै ब्याडमिन्टन | Khabarhub Khabarhub

स्थानीयमा लोकप्रिय बन्दै ब्याडमिन्टन


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भजनी– खेलकुद क्षेत्रमा पछिल्लो समय ब्याडमिन्टन खेल निकै लोकप्रिय हुँदै गएको छ । व्यावसायिकभन्दा पनि शारीरिक हिसाबले ब्याडमिन्टन खेल लोकप्रिय बन्दै गएको हो । कैलालीको टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारू दैनिक बिहानको समयमा ब्याडमिन्टन कोर्डमा भेटिन्छ । टीकापुर भएको दिन उनी बिहानको दुई घण्टा समय ब्याडमिन्टन खेलमा बिताउँछन् ।

‘मैले फुटबल, कबडीलगायतका खेलमा पनि मेरो रुचि हो । उमेरसँगै त्यस्ता सबै रुचि हराउँदै जाँदा रहेछन्’, नगर प्रमुख थारूले भने, ‘व्यावसायिक खेलभन्दा अहिले ब्याडमिन्टन मेरो शारीरिक व्यायामका लागि निकै उपयोगी बनेको छ ।’ टीकापुरकै तेजबहादुर थापाको बिहानको समय ब्याडमिन्टन खेलेरै बित्छ । दिनभर व्यापार व्यस्त हुने थापा आठ वर्षदेखि ब्याडमिन्टन खेल्दै आएका छन् ।

स्थानीय तथा क्षेत्रीयस्तरका प्रतियोगितामा समेत सहभागिता जनाएका थापा पनि शारीरिक व्यायामकै लागि ब्याडमिन्टन खेल्न थालिएको बताउँछन् । ‘दिनभर व्यापारमा व्यस्त, बाहिर जाँदा पनि गाडीको सवार । खानपिनमा ध्यान नदिँदा अस्वस्थता बढ्दै गएको महसुस हुन थालेपछि साथीको सङ्गतमा लागेर ब्याडमिन्टन खेल्न थालियो’, थापाले भने, ‘अहिले सबैभन्दा बढी खेलिने खेल नै ब्याडमिन्टन भएको छ ।

उचित मैदानको अभावमा भने खेलमै भविष्य देखेका युवालाई समस्या पारेको छ ।’ ब्याडमिन्टन इनडोर खेल भएका कारण टीकापुर क्षेत्रमा कभर्डहल अझै निर्माण हुन सकेको छैन । उसो त स्थानीय सरकारले ब्याडमिन्टन प्रतियोगिताका लागि स्थानीय युवालाई सहयोगसमेत गर्दै आएको छ ।विशेषगरी जागिरे तथा दिनभर व्यापारमा व्यस्त हुनेका लागि ब्याडमिन्टन निकै उपयोगी बनेको छ । ठूलो स्पेस नचाहिने, दुई जना भए खेल्न सकिने, कुनै टिम बनाइराख्नु नपर्ने भएकै कारण ब्याडमिन्टन लोकप्रिय बनेको स्थानीय रामबहादुर साउँद बताउँछन् । ‘हामीले कार्यालयको परिसर मै ब्याडमिन्टन कोर्ड बनाएका छौँ । एक जना आएन भनेर खेल स्थगित हुने अवस्था हुँदैन’, साउदले भने, ‘दुई जना भए खेल हुन्छ । बिहान शारीरिक व्यायाम भएपछि दिनभर काम गर्ने जागर पनि आउँछ ।’

खेलका क्षेत्रमा सहयोग भए पनि संरचना निर्माणका लागि बजेट विनियोजन हुन सकेको छैन । गत आर्थिक वर्षमा निवर्तमान नगर प्रमुख तपेन्द्रबहादुर रावलले कभर्डहल निर्माणका लागि गरेको शिलान्यासले निरन्तरता पाउन सकेन । चालू आर्थिक वर्षमा पनि कभर्डहलका लागि बजेट विनियोजन नभएको नगरपालिकाकी लेखा अधिकृत लक्ष्मी वडले बताए । टीकापुर नगर विकास समितिले निर्माण गर्नेगरी कभर्डहलको शिलान्यास भएको थियो ।

टीकापुरमा खेल मैदानको अभाव नभए पनि लगानीको अभावका कारण कैयौँ खेलकुदमा भविष्य देखेका युवा खेलकुदबाट विस्थापित हुनुपरेको खेल प्रशिक्षक अर्जुन ठकुल्ला बताउँछन् ।’खेलाडीका लागि उचित वातावरण नै छैन । खेल्ने आवश्यक सामग्रीको अभाव, प्रशिक्षणका लागि मैदानको अभाव, प्रतियोगितामा सहभागी हुन जाँदा आर्थिकको अभाव’, ठकुल्लाले भने, ‘अभावका बाबजुद पनि अहिले ब्याडमिन्टन खेलमा केही युवाले आशालाग्दो प्रस्तुति स्थानीयस्तरका प्रतियोगितामा देखाएका छन् । तिनको संरक्षण हुनसके टीकापुरका लागि त्यसले राम्रो परिणाम दिन सक्छन् ।’

नगर प्रमुख थारुले खेलकुद क्षेत्रको संरचनागत विकासका लागि नगरपालिका स्रोत जुटाउनतर्फ लागेको बताएको छ । उनले नगरपालिकाको स्रोतले खेलकुदका लागि चाहिने दीर्घकालीन योजनालाई पूरा गर्न नसक्ने बताउँदै त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय भइरहेको बताए । ‘नगरपालिकामा खेलकुदका लागि भनेर २२ बिघा जग्गा छ । त्यहाँ अल्पकालीन संरचना बनाएर काम छैन ।

दीर्घकालीन योजनाका लागि सङ्घ र प्रदेशसँग समन्वय भइरहेको छ’, नगर प्रमुख थारुले भने, ‘अबको पाँच वर्षमा टीकापुरले खेलकुदका क्षेत्रमा गति लिन्छ । खेलकुदका गतिविधिदेखि खेलाडीको भविष्यलाई सुनिश्चित गर्न नगरपालिकाले काम गर्नेछ ।’

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १ : ३७ बजे

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे

भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

डोल्पा– त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र 

खोटाङ– कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल(खानीडाँडा-आहाले सडकको कामले गति

वैदेशिक रोजगारीमा गएका साथीहरू ठगिनु भएन : सभापति देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक