नाग्म-गमगढी राजमार्ग सञ्चालनमा  « Khabarhub

नाग्म-गमगढी राजमार्ग सञ्चालनमा 


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जुम्ला– नाग्म-गमगढी राजमार्ग सञ्चालनमा आएको  छ । १९ असोजदेखिको अविरल वर्षा र पहिरोका कारण अवरुद्ध नाग्म-गमगढी सडक खण्ड आजदेखि सञ्चालनमा आएको  हो । सडक डिभिजन कार्यालय जुम्लाले नाग्म-गमगडि राजमार्ग खुलेको जनाएको छ ।  

कार्यालयका प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटरको  उक्त राजमार्ग १५ दिनको प्रयासपछि खुलेको हो । नाग्म-गमगढी राजमार्गको हिमा गाउँपालिकामा सबै भन्दा बढी पहिरो गएको थियो । इन्जिनियर गणेश भक्रीले हिमा गाउँपालिकाको बाजागाडादेखि भूगोलपाटसम्म मात्रै करिब आठ किलोमिटर लामो पहिरो गएको थियो, सो पहिरो पनि पन्छाएपछि सडक खुलेको हो । उनले नाग्म-गमगढी राजमार्गको ९३ किलोमिटरमा एक सय ५० वटा पहिरो पन्छाएको बताए ।    

 हिमा गाउँपालिकाको बुअ पाखा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्य लिहीमा  र कनकासुन्दरीको जिअ भिड, मुगुको झ्यारी, ताल्चामा खसेको पहिरो पनि पन्छाइएको छ । पहिरो पन्छाएपछि मोटरसाइकलहरू सहजै ओहोरदोहोर गर्न थालेका छन् भने साँघुरो स्थानमा थप मर्मत गरे गाडी चलाउने तयारी भइरहेको छ ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ३ : ०९ बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई