यमपञ्चक अर्थात तिहार शनिबारबाट सुरु « Khabarhub

यमपञ्चक अर्थात तिहार शनिबारबाट सुरु


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यमपञ्चक अर्थात तिहार शनिबारबाट सुरु भएको छ । शनिबार दिउँसोपछि कात्तिक कृष्ण त्रयोदशी तिथि लागेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

तिहार शनिबारबाट सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको छ । यसैगरी धनत्रयोदशी धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ । धनतेरसका दिन धातुका सामान किने शुभ हुने विश्वास रहिआएको छ । धन्तेरसका दिन किनेको सुन, चाँदी र तामाका सामानहरुलाई लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानेर पूजा गर्ने चलन रही आएको छ । लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ ।

धन्तेरसका दिन जोडेको सामान लक्ष्मीपूजाका दिन पुज्ने र धनवृद्धि हुने विश्वास रहेको छ । बजारमा सामान किन्नेहरुको भीडसँगै दीपावलीको रौनकता बढेको छ ।  देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धन्वन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ ।

धन्वन्तरी जयन्तीलाई चिकित्सकले शुभ संकल्प तथा शुभकार्य प्रारम्भ गर्ने दिनका रुपमा लिने गरेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ३ : ५१ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये