यमपञ्चक अर्थात तिहार शनिबारबाट सुरु | Khabarhub Khabarhub

यमपञ्चक अर्थात तिहार शनिबारबाट सुरु


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यमपञ्चक अर्थात तिहार शनिबारबाट सुरु भएको छ । शनिबार दिउँसोपछि कात्तिक कृष्ण त्रयोदशी तिथि लागेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

तिहार शनिबारबाट सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको छ । यसैगरी धनत्रयोदशी धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ । धनतेरसका दिन धातुका सामान किने शुभ हुने विश्वास रहिआएको छ । धन्तेरसका दिन किनेको सुन, चाँदी र तामाका सामानहरुलाई लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानेर पूजा गर्ने चलन रही आएको छ । लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ ।

धन्तेरसका दिन जोडेको सामान लक्ष्मीपूजाका दिन पुज्ने र धनवृद्धि हुने विश्वास रहेको छ । बजारमा सामान किन्नेहरुको भीडसँगै दीपावलीको रौनकता बढेको छ ।  देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धन्वन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ ।

धन्वन्तरी जयन्तीलाई चिकित्सकले शुभ संकल्प तथा शुभकार्य प्रारम्भ गर्ने दिनका रुपमा लिने गरेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ३ : ५१ बजे

सभामुख घिमिरे सचेतकहरुसँग छलफलमा, संसद बैठक बस्न ढिलाई

काठमाडौं– सभामुख देवराज घिमिरेले कांग्रेससँग सहमतिको प्रयास गरिरहेकाले संसद् बैठक

जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सबै विदेश भ्रमण स्थगित

बजेटमा घरेलु तथा साना उद्योगीको माग : नवीकरण निःशुल्क (भिडियोसहित)

काठमाडौं– सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा

‘ओलीले पुरानै स्टायल दोहोर्‍याउनु भयो, कांग्रेसका कारण देश मध्यावधिमा जान सक्छ’

काठमााडौं- प्रतिनिधिसभामा खरोरुपमा प्रस्तुत हुने नेतामा पर्छन् नेकपा एमालेका सांसद

चर्चामा बहादुरीको कथा

बेलायती जुम्ल्याहा दिदी बहिनीको यो बहादुरीको कथा तीन वर्ष अघिको