महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल « Khabarhub

महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको लम्कीचुहा–१ को कार्यालयले वडाअन्तर्गतका ११ महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । स्थानीयस्तरको  स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै उनीहरूको सम्मानस्वरूप साइकल वितरण गरिएको लम्कीचुहा नगरपालिकाका वडाध्यक्ष नेत्रप्रसाद खनालले बताए  ।

गर्भवतीदेखि सुत्केरी हुँदासम्म नवजात शिशुको नियमित खोपदेखि कोभिड–१९ को महामारी र हाल डेङ्गु नियन्त्रणको लागि गाउँघर र टोलटोलमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेको भूमिकाको जति प्रशंसा गरे पनि कम हुने उनको भनाइ थियो ।

लम्कीचुहा स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तप्त भण्डारीले स्वास्थ्यका आधारस्तम्भ भनेको नै महिला स्वास्थ्य स्वयंसेविका भएको बताए । मातृशिशु मृत्युदर घटाउन र सरुवा रोगबाट बचाउन प्रमुख भूमिका नेपालमा महिला स्वास्थ्य स्वयंसेविकाको नै रहेको उनको भनाइ थियो । 

दिनरात नभनी आफ्नो सेवामा निरन्तर लागि रहेका स्वास्थ्य स्वयंसेविका वडा कार्यालयबाट साइकल पाएपछि हर्षित भए । वडा नम्बर १ अन्तर्गतका ११ स्वास्थ्य स्वयंसेविकालाई  वडा कार्यालयको आर्थिक वर्ष २०७९/०८० को बजेटबाट रु एक लाख २६ हजार बराबरको साइकल खरिद गरी वितरण गरेको थियो ।

साइकल पाइसकेपछि स्वास्थ्य स्वयंसेविकाको संयोजक पार्वती बजगाईले वडा कार्यालयलाई धन्यवाद दिँदै आगामी दिनमा आफूहरूको मनोबल बढाउने कार्यक्रम गर्न आग्रह गरे। दश वटा वडा रहेको उक्त नगरपालिकामा ९१ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ४ : २३ बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई