अमेरिकामा नौ महिनाकी छोरीको हत्या गरेको अभियोगमा पितालाई मृत्युदण्ड « Khabarhub

अमेरिकामा नौ महिनाकी छोरीको हत्या गरेको अभियोगमा पितालाई मृत्युदण्ड


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको ओक्लाहोमा राज्यमा नौ महिनाकी छोरीको हत्या गरेको अभियोगमा एक पितालाई २० वर्षपछि मृत्युदण्ड दिइएको छ ।

बेन्जामिन कोल गम्भीररूपमा मानसिक बिरामी भएको उनको वकिलहरूले दाबी गरे पनि ओक्लाहोमाको म्याकलेस्टर कारागारमा तीनवटा घातक औषधिको माध्यमबाट उनलाई मृत्युदण्ड दिइएको हो । गत वर्षदेखि ओक्लाहोमा राज्यमा मृत्युदण्डको सजाय पुनः लागू भएपछि मृत्युदण्ड पाउने उनी छैटौँ कैदी हुन् ।

स्टेचरमा बाँधिएका कोलले मृत्युदण्ड पाउनुअघि जिजस क्राइस्टलाई केही क्षण सम्झिएका थिए । त्यसपछि उनलाई दश बजेर छ मिनेट जाँदा घातक औषधि दिइएको थियो । दश बजेर १२ मिनेट जाँदा उनी बहोस भइसकेका थिए । त्यसपछि पनि मृत्यु कक्षमा उनी घुरेको आवाज सुनिएको थियो । अन्ततः कारागार प्रशासनले १० बजेर २२ मिनेटमा उनलाई मृत घोषणा गरेको थियो ।

कोलले सन् २००२ मा आफ्नी नौ महिनाकी छोरी ब्रायना कोललाई जबरजस्ती पछाडि झुकाएर उनको मेरुदण्ड भाँच्नका साथै रक्त धमनी च्यातेर मारेका थिए । गम्भीर रूपमा मानसिक बिरामी उनले उक्त अपराध गरेको उनका वकिलहरूले स्वीकार गरेका छन् ।

मृत्युदण्डबाट बचाउन राज्यको क्षमादान समितिसमक्ष गरिएको अपिलका पक्षमा एक मत परेका थियो भने विपक्षमा तीन जनाले मतदान गरेका थिए । आफ्नै छोरीको हत्याबाट पीडित भएका परिवारका सदस्यले समितिसमक्ष क्रुर हत्याका निम्ति कोलले मृत्युदण्ड पाउनुपर्ने दलिल प्रस्तुत गरेका थिए ।

भिडियो गेम खेलिरहेका बेला छोरी रोएपछि आक्रोशित भएका उनले शिशुको ज्यान लिएका थिए । अभियोजकहरूले पनि कोल गम्भीर मानसिक बिरामी नभएका र संविधान तथा न्यायशास्त्रमा उनको मृत्युदण्ड रोक्ने कुनै व्यवस्था नभएको बताएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ६ : २८ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा