दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसाले ‘भ्रष्टाचार र देशद्रोह’ गरेको पूर्वराष्ट्रपति जुमाको आरोप « Khabarhub

दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसाले ‘भ्रष्टाचार र देशद्रोह’ गरेको पूर्वराष्ट्रपति जुमाको आरोप


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले आफ्ना उत्तराधिकारी सिरिल रामाफोसाले ‘भ्रष्टाचार र देशद्रोह’ गरेको आरोप लगाएका छन् ।

यसै वर्षको सुरुमा रामाफोसाले आफ्नो सुविधासम्पन्न गोठमा करोडौं डलरको नगद लुकाएको भन्ने आरोपबारे जुमाले पहिलो पटक प्रतिक्रिया दिँदै ‘राष्ट्रपति भ्रष्ट भएको’ बताएका हुन् ।

जोहानेसबर्गमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “राष्ट्रपतिले देशद्रोह गरेका छन् । कुनै पनि राष्ट्रपतिले पदमा रहँदा निजी व्यवसाय सञ्चालन गर्नु हुँदैन ।”

उनले भने, “यो राष्ट्रपतिले लिएको सपथ विपरीत कार्य हो । हाम्रो देशको राष्ट्रपतिका लागि समस्याहरूको ठूलो थुप्रो छ तर उहाँ आफ्नो बचाउका लागि व्यस्त हुनुहुन्छ ।”

पूर्व राष्ट्रिय गुप्तचर प्रमुख आर्थर फ्रेजरले देशको उत्तरपूर्वमा रहेको रामाफोसाको फाला फाला फार्म नामक गोठबाट फर्निचरमा लुकाएर राखिएको अवस्थामा ४० लाख अमेरिकी डलर नगद फेला परेको र उक्त रकमको स्रोत नखुलेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि यो छानबिन सुरु भएको थियो ।

जुमाका सहयोगी फ्रेजरले रामाफोसाले प्रहरी र कर अधिकारीहरूबाट डकैती गरी पैसा लुकाएको आरोप लगाएका थिए । राष्ट्रपतिले उक्त घटनामा संलग्न लुटेराहरूको अपहरण गरी सोधपुछ गर्ने व्यवस्था गरेको र त्यसपछि उनीहरूलाई मौन बस्न घुस दिइएको फ्रेजरको आरोप छ ।

राष्ट्रपतिले चोरी भएको स्वीकार गरेका छन् तर, अपहरण र घूसखोरीको आरोप अस्वीकार गर्दै आफूले प्रहरीलाई घटनाबारे जानकारी गराएको बताएका छन् ।

रामाफोसाले यसमा संलग्न रकमको बारेमा पनि विवाद निकालेको बताइएको छ । उक्त नगद पशु–प्रजनन फार्मको कामको वैध कारोबारबाट आएको उनको तर्क छ ।

दक्षिण अफ्रिकाको भ्रष्टाचार विरोधी निगरानी निकाय र प्रहरीले यस घटनाबारे अनुसन्धान सुरु गरेको छ । यस सम्बन्धमा पूर्वराष्ट्रपति जुमाले भने, “वर्तमान राष्ट्रपतिविरुद्ध धेरै अपराधका बारे उठेका प्रश्नमा मौनता रहेको छ ।”

रामाफोसाले पार्टीको वर्षको अन्त्यमा हुने सम्मेलनमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने अपेक्षा गरिएसँगै सत्तारुढ अफ्रिकन नेसनल काङ्ग्रेस पार्टीभित्र चर्किरहेको तनावबीच यो मुद्दाले राष्ट्रपतिमाथि दबाब सिर्जना गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ६ : ३९ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,