स्वर्गीय नेता थापा निवासमा प्रदीप पौडेल  « Khabarhub

स्वर्गीय नेता थापा निवासमा प्रदीप पौडेल 


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल मत माग्ने क्रममा वैकल्पिक राजनीतिको सुरुवात गर्ने स्वर्गीय नेता उज्ज्वल थापा निवास पुगेका छन्। उनी घरदैलो अभियान अन्तर्गत शनिबार चप्पल कारखानास्थित स्वर्गीय थापाको निवास पुगेका हुन्। पौडेलले थापाका मातापितासँग भेट गरेर आशीर्वाद लिएका छन्। 

उनले मातापितासँग स्वर्गीय थापाले लिएको वैकल्पिक राजनीतिको एजेन्डालाई आफूले अगाडि बढाउने प्रतिवद्धता जनाएका छन्। सो क्रममा थापाकी माता शान्ताले नेता पौडेललाई जितको शुभकामना दिएकी थिइन्। नेता पौडेलले यसअघि चर्चित अभिनेता हरिवंश आचार्यको बूढानीलकण्ठस्थित निवास पुगेर आशीर्वाद लिएका थिए। कात्तिक २ गते मत माग्दै पुगेका पौडेललाई कलाकार आचार्यले सफलताको शुभकामना दिएका थिए। 

‘बूढानीलकण्ठ घरमै उहाँहरुबीच भेट भएको हो। स्नेहपूर्ण व्यवहार रह्यो,’ भेटवार्ताका क्रममा सँगै रहेका पौडेलको सचिवालयका एक सदस्यले भने, ‘शुभकामना दिनुभयो। तपाईं जत्तिको युवा आउनुपर्छ भन्नुभयो। ’ती सदस्यका अनुसार आचार्यले आफूले सार्वजनिक रुपमा कसैको पक्षमा नबोलेको पनि बताएका थिए। ‘उहाँले सार्वजनिक रुपमा बोलेको छैन पनि भन्नुभयो,’ उनले भने।  

पौडेलले असोज २४ गतेबाट काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट घरदैलो सुरु गरेका हुन्। पहिलो दिनको घरदैलो अभियानका क्रममा उनको हाँडीगाउँ जात्रामा सहभागी हुन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलसँग जम्का भेट भएको थियो। काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरुको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ। 

यो क्षेत्रबाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनाव लड्दै छन्। त्यस्तै रञ्जु दर्शना पनि चुनावी मैदानमा छिन्। २०७४ को निर्वाचनमा काठमाडौं–५ मा कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतलाई पराजित गर्दै पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले कुल खसेको मतमध्ये २३ हजार २९ मत र डा महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ७ : ३० बजे

ट्रम्पले युद्धविराम लम्ब्याएकै दिन होर्मुज क्षेत्रमा तीन जहाजमाथि आक्रमण

मध्यपूर्व- होर्मुज जलडमरूमध्य क्षेत्रमा बुधबार कम्तीमा तीन वटा जहाजमा गोली

सुत्केरी महिलामाथि घर र अस्पतालमै हिंसा : एकतिहाइभन्दा बढी पीडित

काठमाडौं– सुत्केरी तथा गर्भवती महिलामाथि घर र स्वास्थ्य संस्थाभित्रै हिंसा

सुधन हिँडेपछि गृहमन्त्रीमा दीपक बोहरा, राजुनाथ र विश्वराजको चर्चा

काठमाडौं- गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको

प्रचण्डको टिप्पणी- गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरे

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट