आगामी निर्वाचनले एमालेको बिदाइ गर्ने छ : मन्त्री चौधरी « Khabarhub

आगामी निर्वाचनले एमालेको बिदाइ गर्ने छ : मन्त्री चौधरी


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दाङ – शहरी विकास मन्त्री मेटमणि चौधरीले आगामी निर्वाचनले एमालेको बिदाइ गर्ने बताएका छन् । लमही नगरपालिकाका विभिन्न वडामा बाम लोकतान्त्रिक गठबन्धन दलको संयुक्त कार्यालय उद्घाटनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले निर्वाचनपछि एमाले कमजोर हुने बताएका हुन् ।

केपी ओलीले जनताले निकै ठुलो बलिदानी गरेर निर्माण गरेको संघीय गणतन्त्र नेपालको संविधानलाई समाप्त पार्न खोजेकाले आगामी चुनावमा एमाले धुलोपिठो हुने उनको भनाई थियो ।

उनले भने, ‘जब जब मुलुकमा व्यवस्थासँग जोडिएको विषय आउँछ तब तब बाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको इतिहास छ । एमाले अध्यक्ष ओलीले अहिलेको व्यवस्था विरुद्ध निरन्तर प्रहार गरेकाले अहिले पनि हाम्रो गठबन्धन बनेको छ । ०६२– ६३ मा हामी एक हुँदा राजतन्त्र समाप्त भए जस्तै २०७९ को चुनावले ओलीको पार्टीलाई बिदाइ गर्नेछ ।’

गठबन्धन दललाई जिताउने भनेको शान्ति, संविधान, कानुनी राज्य, समावेशी प्रणाली जोगाउने विषय भएको बताउँदै मन्त्री चौधरीले गठबन्धन दलका सबै नेता कार्यकर्ता एउटै मन भएर चुनावमा होमिएको बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : २१ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित