अफगानिस्तानविरुद्ध इंग्ल्यान्डको संघर्षपूर्ण जित « Khabarhub

अफगानिस्तानविरुद्ध इंग्ल्यान्डको संघर्षपूर्ण जित


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइसिसी टि२० विश्वकपमा इंग्ल्यान्डले विजयी सुरुवात गरको छ । आज भएको खेलमा युवा तीव्र गतिका बलर साम करनको कीर्तिमानी पाँच विकेटमा इंग्ल्यान्डले अफगानिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय १३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा लियाम लिभिङस्टोन २१ बलमा ३ चौकासहित २९ रनमा अविजित रहे ।

कप्तान जस बटलर १८ बलमा ३ चौकासहित १८, एलेक्स हेल्स १९ र डेविड मलान १८ रन बनाए । बेन स्टोक्स दुई र ह्यारी ब्रुक ७ रनमा आउट भए । मोईन अली १० बलमा ८ रनमा अविजित रहे । अफगानिस्तानका फजलहक फारुकी, मुजिब उर हमान, राशिद खान, फरिद मलिक र मोहम्मद नाबीले एक एक विकेट लिए ।

त्यसअघि पर्थ स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान १९.४ ओभरमा १ सय १२ रनमा अल आउट भयो । इंग्ल्यान्डका लागि इब्राहिम जद्रानले ३२ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा आउट भए । उस्मान घानीले ३० बलमा ३ चौकासहित ३० रन बनाए ।

इंग्ल्यान्डका साम करनले ३.४ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । बेन स्टोक्सले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । मार्कवुडले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । क्रिस वोक्सले एक विकेट लिए ।

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड शीर्ष स्थानमा छ । पहिलो खेलमा न्युजिल्यान्डले घरेलु टोली अष्ट्रेलियालाई ८९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । इंग्ल्यान्डले २६ अक्टोरमा आयरल्यान्डसँग खेल्नेछ । अफगानिस्तानले त्यसै दिन न्युजिल्यान्डसँग खेल्नेछ ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : ३१ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी