व्यवस्था बदल्यौँ, अब प्रवृत्ति बदलौँ : धनराज गुरुङ « Khabarhub

व्यवस्था बदल्यौँ, अब प्रवृत्ति बदलौँ : धनराज गुरुङ


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा व्यवस्था बदलिए पनि प्रवृत्ति नबदलिएको बताएका छन्। उनले व्यवस्था परिवर्तन भए पनि अवस्था पुरानै र परिवर्तन हुन नसकिरहेको अवस्थामा अब भ्रष्ट प्रवृत्तिको विरोध गरी प्रवृत्ति नै बदल्नु आवश्यक रहेको बताए ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ (क)ले आज वालिङमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्नुहुँदै उनले भ्रष्टाचारकै कारण देश समृद्धितर्फ जान नसकेको उल्लेख गर्दै अब सबै जना एकजुट भई जरो गाडेर रहेको भ्रष्टाचारको अन्त्यका लागि लाग्नुपर्ने बेला आएको धारणा राखे ।

‘भ्रष्टाचारकै कारण देश अगाडि बढ्नुको सट्टा पछाडि–पछाडि धकेलिँदै छ’, उनले भने, ‘अब पनि यस्तो अवस्था रहिरहे समृद्धि सम्भव छैन, अगाडि होइन, पछाडितर्फ धकेलिन्छौँ ।’

देशको विकास गर्छु भन्नेहरू पहिला आफैँबाट सुध्रिनु आवश्यक रहेको गुरुङले बताए । अरुलाई सुधार्नुपूर्व आफैँ सुध्रिनु आवश्यक छ अनि बल्ल अरुलाई सुधार्न सहज हुने उनले बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : ३१ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६