काठमाडौंका नौ निर्वाचन क्षेत्रमा कसको अग्रता कति ? « Khabarhub

काठमाडौंका नौ निर्वाचन क्षेत्रमा कसको अग्रता कति ?


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार दिउँसोदेखि सुरु भएको काठमाडौं क्षेत्र नं १ को मतगणना टुङ्गिएको छ। काठमाडौं १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन्। काठमाडौँका बाँकी नौ वटा निर्वाचन क्षेत्रमा भने मतगणना अहिले पनि जारी छ।

क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम अग्रस्थानमा छन्। उनले दुई हजार आठ सय ९१ मत प्राप्त गर्नुभएको छ भने उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का ओनसरी घर्तीले एक हजार दुई सय ८८ मत ल्याएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तादेवी पोखरेल एक हजार एक सय १९ मतसहित तेस्रो स्थानमा छन्। एमालेका मणिराम फुयालले भने हालसम्म एक हजार ९८ मत ल्याएका छन्।

क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे चार हजार पाँच सय मतसहित अग्रस्थानमा छन्। उनलाई एमालेका कृष्णबहादुर राईले तीन हजार दुई सय १३ मतसहित पछ्याइरहेका छन्। तेस्रो स्थानमा रास्वपाका दुर्गाविक्रम थापा क्षेत्रीले एक हजार ६१७ मत प्राप्त गरेका छन्।

काठमाडौं क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापाले ११ हजार नौ सय ८८ मत पाउँदा दोस्रो स्थानमा रहनुभएका एमालेका डा राजन भट्टराईले नौ हजार दुई सय ७७ मत पाएका छन्।

क्षेत्र नं ५ मा कांग्रेसका प्रदीप पौडेल दुई हजार पाँच सय ९१ मतसहित अग्रस्थानमा छन् भने नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले एक हजार ६९८ मत प्राप्त गरेका छन्।

काठमाडौँ क्षेत्र नं ६ मा रास्वपाका शिशिर खनालले दुई हजार ७९ मतसहित अग्रस्थानमा छन्। कांग्रेसका भीमसेनदास प्रधानले १ हजार ४१२ मत प्राप्त गरेर दोस्रो भएका छन्। एमालेका उम्मेदवार सर्वेन्द्र खनाल एक हजार ४१ मतसहित तेस्रो स्थानमा छन्।

क्षेत्र नं ७ मा एमालेका श्यामकुमार घिमिरे प्रतिस्पर्धीलाई पछाडि पार्दै एक हजार तीन सय ५८ मत प्राप्त गरेका छन्। रास्वपाका उम्मेदवार गणेश पराजुलीले एक हजार ६५ मत प्राप्त गरी दोस्रो स्थानमा छन् भने माओवादी केन्द्रका अस्मिता सिंह (मानुषी) यमी भट्टराईले नौ सय ६३ मत ल्याएर पछ्याइरहेकी छन्।

क्षेत्र नं ८ मा भने रास्वपाका विराजभक्त श्रेष्ठले तीन हजार ७७० मत प्राप्त गर्दै अग्रस्थानमा छन्। यस्तै हाम्रो नेपाल पार्टीका उम्मेदवार सुमन सायमीले तीन हजार तीन सय १० मत प्राप्त गरेकी छन्। एमालेका शिवसुन्दर राजवैद्यले एक हजार पाँच सय ८७ मत प्राप्त गरेका छन्।

यसैगरी क्षेत्र नं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले पाँच हजार ७३४ मत प्राप्त गर्दै अग्रस्थानमा छन्। यस क्षेत्रमा रास्वपाका टेकबहादुर पोखरेलले पाँच हजार १४५ मत प्राप्त गरेका छन्। लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका कल्पना धमलाले तीन हजार एक सय ३७ मत प्राप्त गरेका छन्।

त्यस्तै, क्षेत्र नं १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र कुमार केसीले दुई हजार चार सय १८ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका रास्वपाका उम्मेदवार प्रदीप विष्टले एक हजार आठ सय ७८ मत ल्याएका छन्। एमालेका हिमेश केसीले एक हजार तीन सय मतसहित तेस्रो स्थानमा छन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ३१ बजे

हाफ–म्याराथनमा रोबोटले तोड्यो मानव कीर्तिमान

बेइजिङ- चीनको तीव्र गतिमा अघि बढिरहेको प्रविधि विकासलाई झल्काउने घटनामा

उपसभापति भुसालको नेतृत्वमा कांग्रेसले गठन गरेको संविधान संशोधन सुझाव समितिलाई पूर्णता

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव संकलन गर्न गठित

एसियनको बिस्कुटमा रौं भेटिएपछि २ लाख जरिवाना 

काठमाडौं- सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरीले उत्पादन गरेको

धुम्बाराहीमा जुट्यो बिलखबन्दमा परेको देउवा समूह (तस्बिरहरू)

काठमाडौं- सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पक्षमा अन्तिम

देउवा समूह छाडेका धनराज भन्छन् : कांग्रेसलाई एक बनाउन गगनलाई सभापति मान्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सर्वोच्च अदालतको अन्तिम निर्णयसँगै नयाँ