कांग्रेस ३५, एमाले ३२, माओवादी ९, रास्वपा ८ क्षेत्रमा अगाडि « Khabarhub

कांग्रेस ३५, एमाले ३२, माओवादी ९, रास्वपा ८ क्षेत्रमा अगाडि


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस तीन स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ।

कांग्रेसले काठमाडौं १ सँगै हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ।

मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्। नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइ राजनीति सुरु गरेका २९ वर्षे उनी पर्यटन व्यवसायीसमेत हुन्। उनका बुबा पूर्वमन्त्री रोमी गौचनले पाएको टिकटबाट चुनाव लडेका हुन्।

साथै, कांग्रेसले मनाङमा पनि जित हासिल गरेको छ। मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन्। कांग्रेस केन्द्रीय सदस्य गुरुङ पूर्व राज्यमन्त्री हुन्। काठमाडौं १ बाट भने कांग्रेसका प्रकाशमान सिंहले जितेका छन्। उनी योसँगै चौथो पटक संसद प्रवेश गर्दैछन्।

नेकपा एमालेले भने ललितपुरबाट जितको खाता खोलेको छ। ललितपुर क्षेत्र नं २ मा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका हुन्। उनले १५ हजार २५ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगका अनुसार आज राति १ बजेसम्म नेपाली कांग्रेस ३५ वटा स्थानमा अग्रता कायम गरेको छ भने नेकपा (एमाले) ३२ स्थानमा अग्रस्थानमा छ। साथै, नेकपा (माओवादी केन्द्र) ९ स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टी ८ स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ स्थानमा र अन्य १९ स्थानमा अग्रता कायम गरेका छन्।

प्रदेशसभा
मुस्ताङको दुवै प्रदेशसभामा कांग्रेस विजयी भएको छ। प्रदेशसभा १ मा नम्डू गुरुङ र प्रदेशसभा २ मा विकल शेरचन विजयी भएका हुन्।

मनाङको प्रदेशसभा १मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भएका छन् भने प्रदेशसभा २ मा यसअघि नै स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) निर्विरोध भइसकेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म प्रदेशसभामा कांग्रेस ७ स्थानमा, एमाले ६ स्थानमा अग्रस्थानमा छन्। साथै राप्रपा २, नेकपा (एकीकृत समाजवादी) २ स्थानमा अग्रता कायम गरेका छन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ४६ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले