तनहुँका दुई स्थानमै काङ्ग्रेसको अग्रता « Khabarhub

तनहुँका दुई स्थानमै काङ्ग्रेसको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तनहुँका प्रतिनिधिसभाका दुई वटै क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ।

हाल जारी मतगणनामा प्रतिनिधिसभा अन्तर्गत तनहुँ १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले ९४४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेकपा (एमाले)का एकबहादुर रानाले ६०३ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २६१, राप्रपाका विनोद घर्तीले २२६ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले १४८ मत प्राप्त गरेका छन्।

तनहुँ १ प्रदेश १ तर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठले ५९९, नेकपा (एमाले)का रामबहादुर गुरुङले ३७५ मत प्राप्त गरेका छन्।

तनहुँ १ प्रदेश २ तर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी) केन्द्रका हरिबहादुर चुमानले एक हजार १०४ र नेकपा (एमाले) का पूर्ण गुरुङले ४७० मत प्राप्त गरेका छन्।

तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत प्रतिनिधिसभामा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका शङ्कर भण्डारीले अग्रता लिएका छन्। भण्डारीले छ हजार एक सय २१ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा (एमाले)का किरण गुरुङले चार हजार दुई सय ३५ मत प्राप्त गरेका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले नौ सय १८, हाम्रो नेपाली पार्टीका विष्णु पराजुलीले एक सय ८५ र राप्रपाका नरेन्द्रप्रताप महतले २०६ मत प्राप्त गरेका छन्।

प्रदेशसभा १ तर्फ नेकपा (माओवादी) केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले दुई हजार ८२ मत प्राप्त गर्दा नेकपा (एमाले)का श्यामराजा महतले एक हजार सात सय ४४ मत ल्याएका छन्।

प्रदेशसभा २ तर्फ नेकपा (एमाले)का केदार सिग्देलले सात सय ७६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जीतप्रकाश आलेले ६४७ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ३७ बजे

उपसभापति भुसालको नेतृत्वमा कांग्रेसले गठन गरेको संविधान संशोधन सुझाव समितिलाई पूर्णता

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव संकलन गर्न गठित

एसियनको बिस्कुटमा रौं भेटिएपछि २ लाख जरिवाना 

काठमाडौं- सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरीले उत्पादन गरेको

धुम्बाराहीमा जुट्यो बिलखबन्दमा परेको देउवा समूह (तस्बिरहरू)

काठमाडौं- सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पक्षमा अन्तिम

देउवा समूह छाडेका धनराज भन्छन् : कांग्रेसलाई एक बनाउन गगनलाई सभापति मान्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सर्वोच्च अदालतको अन्तिम निर्णयसँगै नयाँ

गगनलाई सभापति स्वीकार्दै शेखर, शशांक र धनराजसहितले छोडे देउवा समूह

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकताबारे सर्वोच्च अदालतबाट अन्तिम फैसला आएसँगै तत्कालीन