चर्चित रेडियो प्रस्तोता महावीर विश्वकर्माको निधन | Khabarhub Khabarhub

चर्चित रेडियो प्रस्तोता महावीर विश्वकर्माको निधन

चितवनमा माइक्रोबस दुर्घटना हुँदा अन्य चार जना घाइते


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ। वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माको चितवनमा भएको सवारी दुर्घटनामा निधन भएको हो।

राप्ती नगरपालिका–६ हर्दीमा भएको दुर्घटनामा ३५ वर्षीय विश्वकर्माको निधन भएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

गृहजिल्ला चितवनको सुन्दरबस्ती–४ स्थित आफ्नो घरबाट काठमाडौं फर्कदै गर्दा मंगलबार बिहान भएको दुर्घटनामा उनको निधन भएको हो।

चितवनको सुन्दरवस्तीबाट नारायणघाट आउँदै गरेको बा ४ ख ४१२ नम्बरको माइक्रो बिग्रिएर रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमा निधन भएको हो। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्।

विश्वकर्माको शव अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राखिएको छ। पोष्टमार्टमपछि शव परिवारलाई बुझाउने प्रहरीले बताएको छ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : ५८ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले