मोरङ २ मा सुजाता दोस्रो स्थानमा « Khabarhub

मोरङ २ मा सुजाता दोस्रो स्थानमा


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

मोरङ – प्रतिनिधिसभा सदस्यका लागि मोरङ – २ मा नेकपा एमालेले अग्रता कायम राखेको छ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी कांग्रेस नेतृ सुजाता कोइरालाले चार सय ७ मत पाउँदा एमालेका ऋषिकेश पोखरेलले पाँच सय ८ मतले अग्रता बनाएका हुन्।

०७० मा चुनाव जितेका पोख्रेललाई ०७४ मा कांग्रेस नेता मिनेन्द्र रिजालले पराजित गरेका थिए। कांग्रेसले यसपटक सुजातालाई टिकट दिएको हो । सुजाताका पिता गिरिजाप्रसाद कोइराला रहुन्जेल यो क्षेत्रबाट निरन्तर जीत निकाल्दै आएका थिए। उनको अवशानपछि भने कांग्रेस–एमालेले आलोपालो जित्दै आएका छन्।

यस क्षेत्रमा कुल एक लाख २४ हजार सात सय २९ मतदाता रहेका छन्। त्यसमध्ये ८० हजार एक सय २७ ले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : १७ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै