पूर्णबहादुरको क्षेत्र सुर्खेतको सिम्तामा पुनःमतदान जारी « Khabarhub

पूर्णबहादुरको क्षेत्र सुर्खेतको सिम्तामा पुनःमतदान जारी


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – मङ्सिर ४ गते स्थगित सुर्खेतको सिम्ता गाउँपालिकामा पुनःमतदान जारी रहेको छ ।

नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पूर्णबहादुर खड्काको क्षेत्र सुर्खेत-१ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । सामान्य त्रुटिका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदानस्थलका तीनवटा केन्द्रको मतदान आइतबार रद्द गरिएको थियो ।

आज बिहान ७ बजे सुरु भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ । अहिलेसम्म दुई सय ५० मत खसेको मतदान अधिकृत पौडेलले बताए । उनका अनुसार उक्त मतदानस्थलका तीन मतदान केन्द्र गरी दुई हजार नौ सय २६ मतदाता सङ्ख्या रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : २८ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको